निर्मल पौडेल, बागलुङ २०७५ असार ३ । प्रशिद्ध धार्मिक एवं पर्यटकीय महत्वरहेको बलेवा भैरब स्थान मन्दिर परिसरमा ६६ मिटर लामो पर्खाल निर्माण गरिने भएको छ । बागलुङ नगरपालिका १२ अमलाचौर स्थित प्रशिद्ध भैरब स्थानको संरक्षणका लागि रु ३० लाखको लागतमा निर्माण गरिने सो पर्खालको एक समारोहका वीच शनिवार बागलुङ नगरा्पालिकाका नगरप्रमुख जनकराज पौडेलले शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै नगरप्रमुख पौडेलले एैतिहासिक एवं धार्मिक महत्व वोकेको यस भैरव स्थानको विकासका लागि नगरपालिकाले वजेट विनियोजन गरेको वताए ।
त्यस्तै कार्यक्रममा भैरवस्थान पुन निर्माणका अध्यक्ष ज्ञानेन्द्र ढकालले भैरव स्थानलाई अन्य फाउण्डेसन तयार गराउंदै स्थानिय जनतालाई यस क्षेत्रको प्रवर्धन र विकासमा सहभागी गराउंदै रोजगारी सृजना गराउंने उद्देश्यले पुण्य कार्यको थालनी गरेको वताए । वार्षिक हजारौ तिर्थ यात्रीहरुले दर्शन गर्ने यस भुमिका लागि नगरपालिकाले गरेको सहयोग प्रति हार्दिक कृतज्ञता प्रकट गरे ।
कार्यक्रममा वानपा १२ का कार्यवाहक अध्यक्ष लोकनाथ शर्मा त्यस्तै कृष्ण पाठक, दिपेन्द्र थापा लगाएत सय जना नागरिकहरुको उपस्थिति रहेको थियो ।
भैरवस्थान मन्दिर पुननिर्माणका अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षतामा समपन्न भएको उक्त कार्यक्रमको संचालन ताराप्रसाद शर्माले गरेका थिए ।