बागलुङ २०७५ असार ३ । बागलुङ जिल्ला भर धान रोपाईको चापाचाप छ । सिँचाईको सुविधा प्रयाप्त नभएको भागमा भने पानीको जोहो मिलाएर कृषकहरुले धान रोपाईलाई जारी राखेका छन ।
उता गल्कोटमा भने जेठ महिनाको दोश्रो साता देखी नै धाना रोपाई सुरु भैसकेको छ । जिल्लामा छिट्टै धान रोपाई सुरु गरेर अन्य ठाउँमा भन्दा पहिले नै धान रोपीओरी उम्किएका हुन्छन् गल्कोटे किसानहरु ।
यतिबेला गल्कोटका किसानहरुलाई झरी वर्षाले सताएको छ भने कतै रोपेको खेतमा भल पसेर नोक्शान पुराएको अवस्था छ । कतै कतिबेला वर्षा हुने त कति बेला वर्षा थामिने गर्दा किसानको मेलो सरेको छैन । तर जेहोस गल्कोट उपत्यकामा धानरोपाईँ अधिकाँश सकिएको छ ।
किसानहरुको प्रमुख बाली धान भएकोले सबै किसानहरु धान रोपाईमा नै केन्द्रित रहेका हालको समयमा कतै वर्षा नहुनाले र कतै बढी वर्षा हुनाले पिरोलिएका पनि छन् ।
मित्र प्रदीप चन्द्र सुवेदीले गल्कोटको चरौँदी फाँटमा धान रोपाईका लागि तयारी गरिरहेको खेतको तस्वीरलाई पोष्ट गरेका छन् । मौसम अँध्यारो बन्दैछ, किसानहरु वर्षाले रोपाईँ कार्यमा बाधा दिन्छ कि भनेर चिन्तिछ छ्न् ।