बागलुङ २०७५ असार ३ । आज तारा एयरको बिमानले काठमाडौँ बागलुङ काठमाडौँ उडान भरेको छ । बिमानमा काठमाडौँ देखी बलेवा ५ जना यात्रुले उडान भरे भने बलेवा देखी काठमाडौलाई ६ जनाले यात्रा गरे । बिमानमा दुबै तर्फ गरेर २४ जना यात्रु हुनु पर्ने र यात्रु नपुग भएको त्यस्को हर्जाना बागलुङ नगरपालिकाले बुझाउनुपर्ने सम्झौता अनुसार एक जना यात्रुको भाडा रु ६ हजार ७ सय ९५ ले नपुग १३ जना यात्रुको हुन आउने भाडा रकम ८८ हजार ३ सय ३५ रुपयाँ नगरपालिकाले तारा एयरलाई हर्जना बुझाउनु पर्ने भएको छ ।
यस अघि गत बिहीबार नेपाल एयरलाईन्सको काठमाडौ बलेवा काठमाडौ उडानमा काठमाडौ देखी बलेवा आउने यात्रु संख्या ११ जना र बलेवा देखी काठमाडौ जाने जम्मा ३ जना यात्रु थिए । यसरी नेपाल एयर लाईन्सको उडान भाडा प्रति यात्रु रु ५ हजार ६ सयका हिसाबले नपुग १० जना यात्रुको हुन आउने भाडा रु ५६ हजार रुपयाँ बागलुङ नगरपालिकाले हर्जाना नेपाल एयरलाईन्सलाई बुझाउनु पर्ने भएको छ ।
नेपाल एयर र तारा एयर बिमान कम्पनिलाई दुई उडानमा हर्जाना बापत बागलुङ नगरपालिकाले बुझाउनु पर्ने रकम रु १ लाख ४४ हजार ३ सय ३५ हुन आउछ ।
स्मरणीय छ, दुई दशक भन्दा बढी समय देखी बन्द रहेको बलेवा बिमानस्थल सन्चालनमा ल्याउने श्रेय आफुले लिने दौडमा देखिएका माननीय देखी श्रीमान सम्मका महानुभावहरु अहिले सबै मौन छन् । बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल एक्लैले बिमान कम्पनिहरुसंग संझौता गरेर सबैलाई चकित पार्दै बलेवा काठमाडौँ बलेवा बिमान सन्चालन दौडमा बाजी मारे र बिजयको पगडी गुथे । सबैको हाईहाईको पात्र बने । फेसबुकमा बधाईको वर्षा भयो ।
चैत ९ गते देखी बलेवा काठमाडौँ बलेवा नियमिति बिमान सन्चालनमा आउने बागलुङ नगरपालिका र दुई बिमान कम्पनिबीच भएको सम्झौताले के भन्छ ? बिमानसेवा कसको हितमा ? शीर्षकमा ईबागलुङ डटकमले चैत ७ गते समाचार सम्प्रेषण गयो । सम्झौता पढेपी नगरबासीहरु केहि सशंकित बने, आपसमा टीका टिप्पणी हुन थाल्यो ।
सम्झौतामा भनिएको छ,
एक उडानमा १२ जना यात्रु कसो नहोलान् र भनेर विश्वास गर्नेहरुले सम्झौताको प्रशंसा गर्न छोडेनन् । जब पहिलो उडानमै यात्रुहरुले रु ६ हजार भन्दा बढी भाडा बिमान कम्पनिलाई बुझाएर उडान भरे सबै तीन छक परे । यसरी एकातिर यात्रुको ढाडै सेक्ने महंगो भाडा अर्कोतिर नपुग यात्रुको भाडा नगरपालिकाले व्यहोर्नु पर्ने सर्तनामाले नगरबासी माथी ठुलो बज्रपातको अनुभूति भयो । यसको सर्बत्र बिरोध भयो र भैरहेको छ, तर नगर प्रमुख राजश्वको रकमले बिमान उडाएर मामाका धन फुपूको श्राद्ध गरिरहेका छन् ।
बागलुङ नगरपालिकाबाट बिमान कम्पनीहरुलाई २० लाख रुपयाँ अग्रिम पेसी दिएर बिमान कम्पनिहरु रित्तो जहाज उडाएर भाडा असुली रहेका छन्, यता नगरप्रमुख नगरपालिकालाई कंगाल बनाउन कस्सिएका छन् । के नगर प्रमुख पौडेललाई यो सबै गर्न छुट छ ? उनी के कानून भन्दा माथि छन् र यस्तो सम्झौता गरेर नगरपालिकाको रकम भष्मासुर हिसाबले स्वाहापार्न पाईन्छ ? किन बोल्दैनन माननीयहरु ?
आफु खुसी भाडा बढाउने अधिकार तारा एयरलाई नगरप्रमुखले दिएका हुन् ? होईन भने, एक्कासी एक यात्रुको ७ सय रुपयाँ भाडा बृद्धि गर्दापनि किन चूप छन् नगरप्रमुख ? के के छ मिलिमतो ?
आज सम्मको उडानमा बागलुङ नगरपालिकाले तारा र नेपाल एयरलाईन्स कम्पनिलाई कति हर्जाना रकम दियो ? किन सार्वजनिक गर्दैन नगरपालिका ?
One Comment