कुसुम थिङ, बागलुङ २०७५ असार ३ । जिल्ला प्रशासन कार्यालय बागलुङले आज विभिन्न कार्यालयहरमा हाँजिरी छड्के अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको नेतृत्वमा गएको टोलली आज विहान सवा दश बजे २६ कार्यालयहरुमा हाँजिरी छड्के अनुगमन गर्दा दुईजना कार्यालय प्रमुख सहित विभिन्नकार्यालयका विभिन्न दर्जाका ४८ जना अनुपस्थित पाईएको जिल्ला प्रशासन कार्यालय बागलुङ प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले ईबागलुङलाई बताए ।
अधिकृत पन्तले दिएको जानकारी अनुसार सडक डिभिजन र सिँचाई डिभिजन कार्यालयका प्रमुखहरु अनुपस्थित भेटिएका थिए ।
आज हाँजिरी छड्के अनुगमन गरिएका कार्यालयहरुमा सिँचाई, सडक, मालपोत, नापी, कृषि, पशु सेवा, धौलागिरी अन्चल आयुर्वेद, खानेपानी, घरेलु लगायत २६ कार्यालयहरु रहेका छन् ।
अनुगमन पछी प्रमुख जिल्ला अधिाकारी खरेलले अनुगमनलाई निरन्तरा दिने बताएको श्रोतले भन्यो ।
आजको हाँजिरी छड्के अनुगमनमा अनुपस्थित रहेकाहरुलाई सम्वन्धित कार्यालय र निकायहरुमा कार्बाहीका लागी पत्राचार भएको अधिकृत पन्तले बताए ।
तस्वीर सौजन्य- अर्जुन ढकाल, बागलुङ ।