सुमन जि.सी. बागलुङ, २०७३ फागुन १३ । काभ्रे स्थीत सामुदायीक बचत तथा ऋण सहकारी संस्था लि. काभ्रे र बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङ विच शुक्रवार बागलुङमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपालकै उत्कृष्ठ तथा एसीयाली स्तरको ऐक्सेस व्राण्ड प्राप्त सामुदायीक साकोस काभ्रेको सञ्चालक तथा कर्मचारीहरुको टोलीको छनौटमा सहकारी अध्ययन अवलोकनका लागि बागलुङमा रहेको सिवाईसी साकोस परेको थियो ।
सिवाईसीले गरेका सिर्जनशील कार्य र सामुदायीकले गरेका सिर्जनशिल कार्यहरुलाई अन्तरक्रिया, छलफल र स्थलगत अवलोकनको माध्यमवाट सिक्ने र सिकाउने उद्देश्यले भ्रमण कार्यक्रमको अयोजना गरिएको सामुदायीक साकोसका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले अन्तरकृयाका क्रममा जानकारी गराउनु भएको थियो । त्यस्तै समग्र बागलुङ जिल्लाको सहकारी अभियान तथा सिवाईसी साकोसले गरेका गतिवीधिहरुको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिनु भएको थियो । अन्तरकृया कार्यक्रममा सामुदायीक साकोसका अध्यक्ष प्रकाश बन्जारा र सिवाईसी साकोसका सल्लाहाकार देववहादुर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत ऐक्सेस कार्यदल सदस्य सीता शर्मा र सञ्चालन प्रवन्धक नवराज शर्माले गरेका थिए ।