Sorry, that menu does not exist.
 

ढोनपाव्दारा ४ लाख ५० हजार मुल्यको बाल्टिन ४३ विद्यालयलाई वितरण सुरु !

टिकाराम भट्टराई, बुर्तिबाङ ,२०७५ असार ५ । ढोरपाटन नगरपालिकाद्धारा सबै वडा भरिका ४३ विद्यालयहरुमा सोमबार देखि बाल्टिन वितरण कार्य शुुरु गरेको छ । नगरपालिकाले रु ४ लाख ५० हजारको बाल्टिन खरीद गरी बुर्तिबाङ बजार लगायत नगरपालिका भित्रका ९ ओटै वडामा रहेका आधारभुत विद्यालय र माध्यमिक विद्यालयहरुलाई १०० लिटरको “ढोरपाटन नगरपालिका” लेखिएको बाल्टिन वितरण सोमबार देखि जारी रहेको नगर उप प्रमुख करमती पुन मगरले ईबागलुङलाई बताईन ।

विद्यालयहरुमा हुने सबैप्रकारका फोहोरहरुलाई सङ्कलनको निम्ति आधारभुत विद्यालयहरुलाई १ वटाका दरले र माध्यमिक विद्यालयहरुलाई २ वटाका दरले ४३ वटा विद्यालयका प्रध्यानाध्यापकलाई बाल्टिन वितरण गरिएको समेत उप प्रमुख पुनले बताईन ।

बजार क्षेत्रमा हुने सबै खाले फोहोरहरुलाई सहि रुपमा सङ्कलन गर्नको निम्ति बुर्तिबाङ बजारमा ५ घर बराबर एक समुह बनाई समुह माफ्र्त भोली बुधबार १०० लिटरका ७५ वटा बाल्टिन बितरण गरिने ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले बताए । केहि समय पहिले फोहोरको सहि व्यावस्थापन नहुदाँ जहाँ तहिँ फोहोर डङ्गुर देखिने बुर्तिबाङ बजार एवं खोलाको किनार पछिल्लो समय ढोरपाटन नगरपालिकाले फोहोर बोक्ने ट्याक्टर र फोहोर फाल्ने स्थानको व्यवस्था गरेपछि सफा देखिन थालेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply