Sorry, that menu does not exist.
 

पत्रकार रवि लामिछानेद्वारा असार ६ गते अमेरिकी राहदानी र नागरिकता परित्याग !

काठमाडौ २०७५ असार ७ । प्रेस काउन्सिल नेपालले आज सार्वजनिक महत्वको प्रेस विज्ञप्ती जारी गर्दै रवि लामिछानेले यहि असार ६ गते अमेरिकी राहदानी र नागरिकता परित्याग सम्वन्धि निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट आएको जनाएको छ ।

प्रेस काउन्सिल नेपालले विज्ञप्तीमा न्यूज २४ मा कार्यरत रहँदाका बखत उहाँद्वारा प्रसारित कार्यक्रमबारे परेका दुईवटा उजुरीको छानबिनका क्रममा २०७४ चैत २३ गते स्पष्टीकरण सोधिंदा उहाँले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको झूठो दाबीसहित प्रेस काउन्सिललाई २०७५ बैशाख ६ गते लिखित जवाफ दिएको उल्ले गर्दै नेपाल बसाई र यहाँ रहँदा काम गर्ने वैधताबारे सम्बन्धित निकायहरुमा २०७५ असार ४ गते पत्राचार गरेको थियो । त्यसको ४८ घण्टा नबित्दै २०७५ असार ६ गते निज लामिछानेले आफूले अमेरिकी दूतावासमा रु. २,५८,५००।— दस्तुर बुझाई अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको जानकारी गराउँदै अध्यागमन विभागलाई निवेदन दिएको जनाएको छ ।
विज्ञप्तीको पूर्णपाठ यस प्रकार छ-

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply