सुरेश छन्त्याल, बागलुङ २०७५ असार ९ । शनिवार बागलुङको गल्कोट नगरपालिका १० पाण्डबखानी साविक वडा नम्वर ५ सुनपानीमा विगतका वर्षहरुमा झै यस वर्ष पनि गोठ पुजा (देवाली) सम्पन्न भएको छ।
पछिल्लो समयमा ६३ घरधुरी जम्मा भएर एकै ठाउमा पुजा गर्ने चलन भए अनुसार पुजा गरिएको हो। परम्परागत अनुसार पशुपन्छि र गोठको लागि बासुदेवको प्रसाद बनाएको कृष्ण भगवानले ईन्द्रको पुजा गर्न हुन्न गोवरको पुजा गर्यो भने बल्ल पानी पर्छ भन्ने परम्परा अनुसार चलन भएको स्थानीय समाजसेवी ७७ वर्षिय सु कुलबहादुर घर्तिले बताए । विभिन्न देवदेवीको नाम लिदै पुजा गरिने प्रचलन रहेको छ।