Sorry, that menu does not exist.
 

आगामी ५ बर्षमा गरिबीको संख्या शुन्य बनाउने प्रदेश सरकारको लक्ष – प्रदेश मन्त्री गुरुङ

कोपिला कंडेल, बागलुङ २०७५ असार १० । नेपाल पत्रकार महासघं बागलुङ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदेश नम्बर ४ का अर्थ मामिला तथा योजना मन्त्री किरण गुरूङले आगामी ५ बर्षमा गरिबीको संख्या शुन्य बनाउने प्रदेश सरकारको लक्ष रहेको बताए । ५ बर्ष भित्र प्रतिब्यक्ति आय २५ सय अमेरिकी डलर पुर्याउने उदेश्य सहित प्रदेश सरकार अगाडी बढेको उनको दाबी थियो ।

कार्यक्रममा मन्त्री गुरुङले प्रदेश ४ ले पहिलो प्रथामिकता पर्यटन, पर्यटन क्षेत्रको बिकासलाई दिने बताए । हाम्रो प्राथमिकता क्रमशं पर्यटन कृषि उर्जा र उद्योग रहनेछन् उनले भने, सन २०२२ सम्म प्रदेशमा २० लाख पर्यटक भित्राउने हाम्रो लक्ष छ । बिकास र सम्मृद्धिको लागि अहिले बिनियोजित बजेट महत्वपुर्ण रहेको भन्दै बजेट अनुसारका योजना कार्यान्वयन गर्दै जाने बताए । उनले प्रदेशलाई उज्यालो र आर्थिक बिकास अगाडी बढाउने बताए ।

आर्थिक बिकासको लागि प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री गुरुङ्गले चीनिया बैकंको शाखा नेपालमा खोल्न पाउने ब्यवस्था गरिएकोले यस क्षेत्रको बिकासमा टेवा पुग्ने धारणा समेत ब्यक्त गरे । कार्यक्रम नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल श्रीसको अध्यक्षता सहसचिव सुवास आचार्यको स्वागत मन्तब्य र सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply