Sorry, that menu does not exist.
 

ताराखोला गाउपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

गुमानसिँह भण्डारी, बागलुङ २०७५ असार १० । बागलुङको ताराखोला गाउपालिकाले चालू आर्थिक वर्ष ०७५र७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ताराखोला गाउपालिकाका प्रमुख प्रकाश घर्तीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

गाउपालिकाले नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ, पर्यटन, खानेपानी, खेलकुद विकासमा मुख्य प्राथमिकता दिएको छ । गाउपालिकाको समग्र विकास, कृषिमा आत्मनिर्भर, पर्यटन बिकास, र समुन्तन गाउपालिका कार्यक्रममा समेटिएको छ ।

यस्तै गाउपालिकाको सामाजिक आर्थिक बिकास, स्थानिय शासन, स्रोत साधनको खोजी, कार्यालयका कर्मचारीको क्षमता बृद्धि, बिद्युत, कृषिको दिगो बिकास, शिक्षाको गुणस्तर बृद्धि, पर्वाधारको दिगो बिकास लक्षित बर्गलाई सामाजिक बिकासका कार्यक्रम गर्ने नीति प्रदेश गाउपालिकाले लिएको छ ।
कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष डिल कुमारी पुन रोकाले आ.व. ०७५ र०७६ का लागि २१ करोड १६ लाख १५ हजार बजेट सार्वजनिकिकरण गर्नुभयो र चालु आर्थिक बर्षका लागी १२ करोड ५१ लख २३ हजार रहेको छ । पुजिगत तर्फ ८ करोड ६४ लाख ९२ हजार रहेको छ ।

जसअन्तर्गत आर्थिक क्षेत्र अन्तर्गत कृषि उत्पादन आधुनिकिकरणमा ६० लाख २५ हजार, उद्योग क्षेत्रको बिकासका लागी ५ लाख, पर्यटकिय प्रबर्दनका लागी वाड नम्बर २ र ५ मा होम स्टे सञ्चालनका लागी १० लाख, रोजगारि सृजना, शसत्तिकरण सामाजिक परिचालक, आत्मनिर्भर तर्फ ३ लाख, सामाजिक सुरक्षा भत्तामा बैङ्क पहुज तर्फ ३ लाख, पशुपालनका लागी ५२ लाख ७० हजार, सामाजिक क्षेत्र अन्तर्गत शैक्षिक बिकासका लागी ९४ लाख ७० हजार, आधारभुत स्वास्थ सेवाका लागी ५२ लाख, खानेपानी तथा सरसफाईका लागी ३३ लाख, कला सस्कृति संरक्षणका लागी ८ लाख, खेलकुद क्षेत्रका लागी १३ लाख, लक्षित बर्ग अन्तर्गत २० लाख, पुर्वाधार बिकासका लागी २ करोड, सिचाईका लागी २४ लाख, सामुदायीक भवन निर्माणका लागी १ करोड १४ लाख ५० हजार, सञ्चार तर्फ १५ लाख, वातावरण संरक्षण, बिपद ब्यवस्थापनका लागी १० लाख, सेवा प्रवाहतर्फ २० लाख, पुजिगत सामाग्रीका लागी ७९ लाख ८ हजार सार्वजनिक गरिएको छ । कार्यक्रम गाउपालिकाका प्रमुख प्रकाश घर्तिको अध्यक्षता र वाड नम्बर १ का सचिव जित बहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply