बागलुङ (ग्वालीचौर) २०७५ असार ११ । बडीगाड गाउँपालिका साबिक ग्लालिचौर गाविसको खार बजार नजिकै रहेको दारेगौँडा सडकको नाली सानो भएको र माथीबाट भल बाढी आउँदा नाली पुरिएर भलबाढी खारबजारमा पस्ने गरेपछी खारबजारबासी समस्यामा परेका छन् ।
गत शनिवार राति मध्यपहाडी लोकमार्ग निरीक्षण गरेर बागलुङ फर्कदै गरैको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई ग्वालीचौर खारबजारका समाजसेवीहरु कृष्ण बहादुर घिमिरे, कलाधर घिमिरे, खार माविका मोहन जिसी, शिव घिमिरे लगायतको टोलीले रोकेर दारेगौँडाको समस्या अवगत गराएका थिए ।
२०७३ साल साउन १० गते रातिको अबिरल वर्षा पछी दाङ चौरबाट झरेको भलबाडी सहितको पहिरो दारेगौँडाबाट खारबजारमा पसेपछी स्थानीयबासी भागाभाग गर्नु परेको समस्या जानकारी गराउदै यस समस्याको दीगो समाधान हुन माग गरेको समाजसेवी कृष्णबहादुर घिमिरेले बताए । दारेगौँडामाथी दाङाचौरमा ग्रामिण मोटरबाटो खन्दा खसेको ढुंगा माटो र वर्षातको समयमा बग्ने लेदो सहितको पहिरोले खारबजारवासीको निद हराम भएको पनि सो अवसरमा प्रजिअ समक्ष राखेको बताए ।
स्थानीयहरुको समस्या सुनेपछी प्रजिअ खरेल र उहाँको टोलीमा रहनु भएका मध्यपहाडी लोकमार्गका प्रमुख सिनियर डिभिजन ईन्जिनियर रमेश दृष्टि र डिभिजन सडकका प्रमुख सिनियर डिभिजन ईन्जिनियर थानेश्वर खत्रीज्यूहरुबाट समस्याको समाधानको लागी आवश्यक पहल गरिने भरोसा प्राप्त भएको उनिहरुले ईबागलुङलाई बताए ।