खिमलाल पाण्डे , युएई २०७५ असार १२ । रोजगारीका शिलशिलामा युएई पुगेका गीत संगीतप्रेमी नेपालीहरु मिलेर स्थापना गरेको ”राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल युएईशाखाको प्रथम अधिबेशन गत शुक्रबार युएईको चर्चित शहर बरदुबई स्थित एभरेस्ट इन्टरनेशल होटेलमा भव्यताका साथ् सम्पन्न भएको छ ।उक्त अधिबेशनले गायक तथा शब्द संकलकगोपिकृष्ण पंगेनीलाई निरविरोध अध्यक्ष पदमा पुन चयन गर्दै प्रथम अधिबेशन सम्पन्न गरेको हो ।
गत शुक्रबार युएईको चर्चित शहर बरदुबई स्थित एभरेस्ट इन्टरनेशल होटेलको सभाहलमा सम्पन्न भएको उक्त अधिबेशनले प्रदेशमा रहेर पनि गीत संगीत क्षेत्रमा जोश ,जागर तथारुचिका साथ् लागि परेका गायक पंगेनीलाई २५ सदस्यीय पूर्ण समितिका साथ् निरविरोध चयन गरेको हो।
उक्त अधिबेशन सम्पन्न गराउनको लागी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल युएई शाखाले नेपाल पत्रकार महासंघ युएई शाखालाई जिम्मा दिएको थियो। नेपाल पत्रकारमहासंघ युएई शाखाले पनि आपसी समन्वय गर्दै अधिवेशन सम्पन्न गर्नको लागी नेपाल पत्रकार महासंघ युएई शाखाका सल्लाहकार एकेन्द्र थापाको संयोजकमा सहसचिव निर्भिकनारायण भुर्तेल, सदस्यहरू खिमलाल पाण्डे र राम प्रसाद ढुंगेललाई जिम्मा दिएको थियो । पत्रकार महासंघ युएई शाखाले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल युएई शाखाकोप्रथम अधिबेशन बिबाद रहित तरिकाले सम्पन्न गराएको हो।उक्त नब निर्मित समितिको अबको कार्यकाल २०१७ – २०१९ दुई बर्षेको रहने छ ।
उक्त अधिबेशन बाट २ जना उपाध्यक्ष ओम कुमारी खांड र नारायण न्युपाने चयन भएका छन् भने सचिब पदमा ओमकार पोखरेल , महिला सचिब पदमा लक्ष्मी केसी त्यस्तै सहसचिबपदमा अमित बिश्वकर्मा चयन भएका छन। त्यस्तै गरि कोशाध्यक्ष पदमा बिक्रम पौड्याल चयन भएका छन् भने सह(कोषाध्यक्ष पदमा भने गोपाल भट्टराई चयन भएका छन् । अन्यसदस्यहरुमा क्रमश प्रकाश ढकाल। अनिश दुवाडी, राजेश भण्डारी, हेम बहादुर भण्डारी, होमनाथ कुवर, बिरेन्द्र दंगाल, पारु मगर, यो यो हर्क सिंह , रमेश राणा , केबिन जन शाही, यम लालपराजुली, बिमादेबी न्युपाने, बिकास अधिकारि , कृष्ण सुनार , सुनिता गैरे, मनु क्षेत्रि र नरेन सापकोटा रहेका छन् ।
उक्त अधिबेशन सम्पन्न गराउनका लागि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल युएई शाखाले नेपालबाट राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्षतथा बैदेशिक विभाग प्रमुख रमेश बि जी र केन्द्रिय सदस्य कृष्ण आशु लाई निमत्रणा गरेको थियो। अधिबेशन सम्पन्न भईसके पछि कार्यक्रमले छुट्टै सांकृतिक मोड लिएको थियो।सांकृतिक कार्यक्रम कै बिचमा गायक तथाशाब्दा संकलक शिव हमालको लय तथा शब्द अनि रमेश राना, होमनाथ कुवर र जुना श्रीषको स्वरमा रहेको लोक दोहोरी गित ”डाडैको वर ”नामक एल्बमको समेत बिमोचन गरिएको थियो।
ओमकार पोखरेलको संचालनमा शुरु भएको उक्त कार्यक्रमको अध्यक्षता गोपीकृष्ण पंगेनीको रहेको थियो भने प्रमुख अतिथि नेपाली राजदुताबास युएईका कार्यबाहक राजदुत सागरफुयालको रहेको थियो ।