बागलुङ (कुस्मिसेरा) २०७५ असार १२ । हिँजो रातिको अबिरल वर्षा र पहिरोले जिल्लाको विभिन्न भागमा जनधनको ठुलो क्षती भएको छ । गल्कोट जलमग्न बनेको छ भने खेतीयोग्य जमीन बगाएको वा पुरेको छ । पुल कुला कुलेसाहरु बाढी पहिरोमा परेका छन् । गल्कोट क्षत्रमा वर्षा र बाढीले पुयाएको क्षेती करोडौँ भएको मुल्यांकन गरिएको छ । तर गल्कोट उपत्यकामा कुनै मानवीय क्षेती भएको समाचार प्राप्त भएको छैन ।
तर हिँजोको अबिरल वर्षा सहित आएको पहिरोमा परी बरेङ गाउपालिका १ धुल्लु बास्कोटमा एक घर पुरिदा त्यस्मा सुतिरहेका तीन जनाको ज्यान गएको छ । बरेङ गाउपालिकामा परेको यस विपतमा परेकाहरुलाई राहत एवं उद्धारका लागि जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, नेपाली सेनाको अर्जुनवाण गण विहुँ घोडाबाँधेका प्रमुख सेनानी भुवनराज देवकोटा, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मी टोली सहित प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल घटनास्थल बरेङ गाउपालिकाको धुल्लुबास्कोट जाने क्रममा अहिले जैमिनी नगरपालिकाको कुस्मी सेरा पुगेको श्रोतले जानकारी दियो ।