झरना कँडेल,२०७५ असार १३ । तमानखोला गाउँपालिका वडा नं ३ तमान स्थीत धनगौज्योति माध्यमिक बिद्यालयमा कक्षा ९ र १० मा पढ्ने बिद्यार्थीलाई सोलार सेट बितरण गरीएको छ । बैकल्पिक उर्जा कार्यक्रम अन्तर्गत टप्सन ईनर्जी प्रालि काठमाडौले कक्षा ९ र १० मा पढ्ने बिद्यार्थीलाई सहज होस भनेर सो बिद्यालयका ६० जना बिद्यार्थीलाई एक एक सेटका दरले मंगलबार एक कार्यक्रमका बिच सोलार बितरण गरीएको प्रालिका बितरक हेमराज रिजालले जानाकारी दिए ।
बिशेषगरी त्यहाँका स्थानीयहरु ३ ठाउँमा बसोबास गर्ने हुदा कहिल ेकाही गोठमा बस्नुपर्ने हुन्छ , त्यो समयमा बिद्यार्थीलाई पढ्नको लागी कुनै कठिनाई नहोस भनी सो सोलार सेट बितररण गरीएको उनले बताए । सोलार प्राप्त गरेपछि बिद्यार्थीहर हर्षित भएका छन् ।
कार्यक्रम , बिद्यालयका प्रअ मन बहादुर बुढाथोकीको अध्यक्षता, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, वडा नं ३ का वडाध्यक्ष गीर बहादुर घर्तिको आतिथ्यता, सम्पुर्ण शिक्षक बिद्यार्थी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षक दामोदर सापकोटाले गरेका थिए ।