Sorry, that menu does not exist.
 

अन्तत: वडाध्यक्ष श्रीसको अथक प्रयासबाट दलित महिलाले न्याय पाईन् !

प्रेम सुनार, गुल्मी २०७५ असार १३ । बागलुङ जिल्लाको गल्कोट रिघाका जनप्रतिनिधीहरुले अघिल्लो निर्णय सच्चाउँदै त्यहाँकी एक दलित महिलालाई न्याय दिलाएका छन् । गल्कोट नगरपालिका ११ का वडाध्यक्ष डम्वरबहादुर श्रीसको अगुवाईमा त्यस गाउँमा अन्यायमा परेकी दिलमायाँ बिकलाई त्यहाँका जनप्रतिनिधीहरुले न्याय दिलाएका हुन् ।

यस सम्वन्धमा गत असार गते ईबागलुङले गुल्मीबाट आयो बागलुङ रिघाको यस्तो डरलाग्दो खबर ! स्थानिय तहमा राणा शासनको सजायँ ! शिर्षकमा सशक्त समाचार सम्प्रेषण गरेको थियो । समाचार प्रकाशित भए लगत्तै गल्कोट नगरपालिका ११ रिघाका अध्यक्ष श्रीस त्यसघटनालाई सहजरुपमा निम्ट्याउन सक्रिय रहेका थिए । अन्ततोगत्वा श्रीसकै सकारात्मक पहलमा यो चर्चित घटनाले निकास पाएको हो ।

स्थानिय खगी बिकलाई दिलमायाले २०७४ माघ २८ गते साँझ आपत्ती जनक गाली वेईजती गरेको भन्दै त्यस वडा कार्यालयमा उजुरी दिएकी थिईन । त्यसको १४ दिन पछि दिलमायालाई खुट्टा ढोगाउने विपाक्षीको माग र लिखित रुपमा क्षमायाचना गराईएको थियो । उनिहरु आपसमा एकै घरका चेली माईती थिए ।

त्यस्तै सोही मौकामा खगी बिक र उनका श्रीमान श्याम बिकले लेनदेनको कुरा उठाएका थिए । हिसाव किताव गर्ने क्रममा दिलमायाले खगी बिकलाई सावा भन्दा ब्याज बढि तिर्नु पर्ने कागज गराईएको थियो । लगत्तै साँझपख दिलमाया त्यस वडा कार्यालयबाट बाहिर निस्कने क्रममा उनलाई खगी विकले कालो मोसो दलेर दुव्र्यवहार गरेकी थिईन ।

त्यसबाट विक्षप्ती बनेकी उनले न्यायका पक्षमा समाचार उठान गरी दिन आग्रह गरेकी थिईन । सोही अनुरुप गुल्मीबाट आयो बागलुङ रिघाको यस्तो डरलाग्दो खबर ! स्थानिय तहमा राणा शासनको सजायँ ! शिर्षकमा यस अनलाईनमा समाचार प्रकाशित गरिएको थियो ।

उक्त समाचार आए लगत्तै वडाध्यक्ष श्रीस अत्यन्तै गम्भीर हुँदै दुवै पक्षलाई जुटाएर मेलमिलाप गराउनमा खटेका थिए । मंगलबाट साँझ अवेर सम्म छलफल गराउँदा सुरुमा गाली बेईजती गर्नु दिलमायाको गल्ती र पछि कालोमोसो दल्नु खगी बिकको गल्ती भन्ने ठहर गर्दै दुवै पक्षलाई क्षमायाचना गराईएको छ ।

त्यस्तै उति वेला गरिएको सयकडा २ को ब्याज राख्नै नहुने उति वेलै भनेका वडाध्यक्ष श्रीसले मंगलबारको छलफलमा पनि उक्त ब्याज दर राख्नै नहुने अडान दोहराएका थिए । फलस्वरुप झण्डै १ लाख रुपैया दिलमायाले बढी तिर्नु पर्ने रकम कम भएको छ ।

उति वेला २ लाख ९७ हजार ९८ रुपैयाँ दिलमायाले खगी बिकलाई तिर्नु पर्ने कागज गराईको थियो । मंगलबार १ लाख ९० हजार मात्रै तिर्नु पर्ने कागज गराईएको छ । त्यसमा दुवै पक्ष राजी भएको वडाध्यक्ष श्रीसले ईबागलुङलाई बताए ।

दिलमायाले वडाध्यक्ष श्रीस र साविक रिघाका पुर्व गाविस अध्यक्ष बाबुराम नेपाली र अन्य जनप्रतिनिधीहरुले आफुलाई न्याय दिलाएको भन्दै खुशी ब्यक्त गरिन । वडाध्यक्ष श्रीस, त्यहाँका ८६ वर्षिय रिमेवाजे (रिमबहादुर पुन ) उति वेलै उक्त कागजमा हस्ताक्षर नगर्ने भन्दै उठेका थिए ।

त्यहाँका मेलमिलाप केन्द्रका सदस्य शंकर पुनले यस विषयमा आफुहरु फेरी मिहन ढंगले छलफल गरेर दुवै पक्षको चित्त बुझ्ने गरी मेलमिलाप गराईको बताए । वडाध्यक्ष श्रीसले एक वर्षे कार्याकालको अभ्यासमा रहेको र आगमी दिनमा यस्ता विषहरु प्रति आफुहरु थप गम्भीर हुने प्रतिकृया दिए ।

उनले कतिपय सामाजिक सञ्जालमा ‘राणा शासनको झल्को , वडाध्यक्ष श्रीसले धम्काए ’ आदि आलोचना गरिएको प्रति भने गुनासो गरे । उनले भने–‘ मैले त उति बेलै भनेको हुँ यस्तो कार्य गर्नै हुँदैन । म त उठेरै हिडेको हुँ । हामी बाट कसै माथी कुनै खालको धम्की वा दववा हुनै सक्दैन । जनतालाई पुर्णरुपमा लोकतन्त्रको अनुभुति दिने गरी अगाडी बढ्दै छौं ।’ स्थानिय वासीले पनि वडाध्यक्षको भुमिका सह्रानीय रहेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply