सोलार लिफ्ट मार्फत पानी ल्याईने, ठुलो राहत पाउने स्थानियको विश्वास!
बिष्णु पौडेल, बुर्तिबाङ २०७५ असार १३ । ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौर चौरमा नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०को आर्थिक तथा प्राविधिक सहयोग र ढोरपाटन नगरपालिकाको साझेदारीमा सञ्चालित चौर लिफ्ट खानेपानीको आयोजनाको निर्माण कार्य सुरु भएको छ ।
२० लाख ६६ हजार ४ रुपैयाको लागतमा निर्माण कार्य सुरु भएको सो आयोजनामा ढोरपाटन नगरपालिकाबाट बिनियोजित बजेट २ लाख, जनश्रमदानबाट ६ लाख १८ हजार १ सय र बाँकी १२ लाख ४७ हजार ९ सय४ रुपैया नेपाल स्वास्थ्य लाखि पानी ९नेवा० ले सहयोग गरेको छ ।
त्यसैगरी डिसिआरडिले आयोजनाको पानी मुहान देखि ट्याङ्की सम्मको पाईप लाईन ५सय मिटर सोलारबाट लिफ्ट गरी घर घरमा पानी छोड्ने जिम्मा लिएको छ भने बाँकी आयोजना सञ्चालनको क्रममा आवश्यक पर्ने जनशक्ति प्राविधिक तथा व्यवस्थापन पक्ष सबै नेवाको रहेको वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मण पुनले ईबागलुङलाई बताए । चालु आर्थिक बर्षको पुस महिना भित्रै गाउँमा पानी पु¥याउने लक्ष्यका साथ गाउँ देखी ५सय मिटर तल ठुलो पधेँराबाट लगिने पानी घर घरमा पु¥याउनका लागि कुल ३ हजार ७ सय ५० मिटर पाईप लाग्ने र अहिले सम्म १ पानीको मुहान,एक ट्याङ्की र ट्याङ्की देखी १ हजार ५ सय मिटर १६ एमएलको पाईप गाडिएको समेत वडा अध्यक्ष पुनले जानकारी दिए ।
एक घर एक धारा अभियानबाट कुल ४० घरधुरी सहित आयोजना भित्रको भुजी आधारभुत विद्यालयलाई समेत पानीको आपुर्ति हुने आयोजनाका प्रबन्धक धनबहादुर पौडेलले बताए ।
गाउँबासीहरुकै सक्रियतामा काम भइरहेकाले समय र मौसमले साथ दिएको खण्डमा दशै सम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको बताउँदै खानेपानी आयोजना संगसंगै सरकारी मापदण्ड अनुसार गाँउलाई पुर्ण सरसफाई युक्त ढोरपाटन नगरपालिकाकै नमुना बस्ती भनेर घोषणा गर्नको लागि भाडाँ राख्ने चाङ, पुर्ण सरसफाईको निम्ति फोहोर फाल्ने खाडल, प्रत्येक घरमा चर्पी ,टुटी सहितको बाल्टिन राख्ने सहमति भएको समेत आयोजनाका प्रबन्धक पौडेलले बताए । लामो समयदेखी पानीको समस्या रहेको उक्त गाउँमा अब भने आयोजनाबाट ठुलो राहत पाउने स्थानियहरुले आश गरेका छन ।