घनश्याम गौतम, गल्कोट २०७५ असार १३ । गल्कोट नगरपालिका बडा नम्बर ११ रिघाको मनेबा आधारभुत बिद्यालयमा बिद्यालय सुधार योजना अध्याबधिक तथा निरन्तर बिद्याीथर्् मुल्याङकन र स्थानिय पाठ्यक्रम तालिम आज देखी सुरु भएको छ । २ दिने तालीम गल्कोट नगरपािलका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको हो ।
कार्यक्तमको उद्घाटन गदै.गल्कोट नगरपालिका बडा नम्बर ११ का बडा अध्यक्ष डम्मर श्रीसले शिक्षा हरेक बिकासको मेरुदण्ड भएकोले प्रभाबकारी रुपमा शिक्षण सिकाई सञ्चालन गर्न आग्रह गरे । उनले तालिमले शिक्षकलाइृ उर्जा मिल्ने बताउदैं शिक्षण सिकाई क्रियाकलाप संगै शैक्षिक गुणस्तर अभिबृद्धि गर्नकोलागी शिक्षकले नेतृत्बदायि भुमिका निर्बाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बडा सदस्य दल बहादुर बुढाथोकी, रत्न लक्ष्मी माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक तुल बहादुर श्रीस लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम मनेबा आधारभुत बिद्यालयका बिद्यालय ब्यबस्थापन समतिका अध्यक्ष पुर्ण थापाको अध्यक्षता काडेबास श्रोत केन्द्रका श्रोत ब्यक्ती दिनेश पन्तको स्बागत तथा सानोरिघा आधारधुत बिद्यालयका प्रधानाध्यापक नरेन्द्र पुनको सञ्चालनमा सम्पन्न भएको थियोे ।
गल्कोट नगरपालिकाका नगर शिक्षा अधिकृत प्रकाश ओझा र श्रोत ब्यक्ती दिनेश पन्तले तालीमको सहजिकरण गर्नु गरेका थिए ।