कोपिला कंडेल, बागलुङ २०७५ असार १४ । क्षेत्रिय प्रशासन कार्यालय पोखराका क्षेत्रिय प्रशासक एबं प्रदेश नम्वर ४ का सचिव नारायण प्रसाद बिडारीले उपभोक्ताको अधिकार संरक्षणका लागि नागरिक र सरोकारवाला निकाय दुबै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङ र राष्ट्रिय उपभोक्त मञ्च बागलुङले संयुक्त रुपमा आयोजना गरेको उपभोक्ता हित संरक्षण सम्बन्धी अन्र्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै क्षेत्रिय प्रशासक बिडारीले दैनिक जीवनमा उपभोग हुने बस्तु र सेवामा अनियमिता बारे राज्यका निकाय र आम नागरिक सचेत र सजग बन्नुपर्नेमा जोड दिए ।
उपभोक्ता हित संबेदनशील बिषय हो, क्षेत्रिय प्रशासक बिडारीले आफुले प्रयोग गर्ने बस्तु कम गुणस्तरको लागे नागरिकको तर्फबाट खवरदारी गर्नुपर्छ, भन्दै अखाद्य र गुणस्तरहीन बस्तुको बिक्रि वितरण भएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरे । उपभोक्ता अधिकार मानव अधिकार संग जोडिएको हुदा यसको मुल्य मात्रा र निरन्तरताको लागि राज्य र उपभोक्ता दुबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्ने सहभागिले बागलुङमा खुलेआम गुणस्तरहीन सामग्रीको बिक्रिवितरण अशुद्ध खानेपानी, अनियमितता कालोबजारी लगायतका समस्या रहेको भन्दै सम्बन्धीत निकायले ध्यानदिनुपर्ने बताएका थिए ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत केशव लामिछाने र राष्ट्रिय उपभोक्ता मञ्चंका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले उपभोक्ता सचेतना सम्बन्धी बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो कार्यपत्र माथि नागरिक समाजका अध्यक्ष काजी गाउले श्रेष्ठ उद्योग बाणिज्य सघं बागलुङका बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी, सुनचाँदी ब्यवसायी सघंका अध्यक्ष सुदेशचन्द्र राजभण्डारी, राष्ट्रिय उपभोक्ता मञ्चं बागलुङका राम बहादुर केसी, नेपाल पत्रकार महासघं बागलुङका पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारी, धौलागिरी बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस प्रमुख गोबिन्द गौतम लगायतले टिप्पणी गरेका थिए ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको अध्यक्षता र जिल्ला प्रशासन कार्यालयका प्रवक्ता धीरेन्द्रराज पन्तको संचालनमा सम्पन्न भएको थियो ।