Sorry, that menu does not exist.
 

अन्तराष्ट्रिय वृक्षारोपण दिवसमा बुर्तिवाङमा विभिन्न प्रजातिका एक सय विरुवा रोपियो !

राम सुबेदी, बुर्तिवाङ २०७५ असार १४ । समृद्धिका लागि वन तथा स्वच्च वातावरण महा अभियान मूल नारा सहित, स्वच्छ नगर, स्वच्छ म, भन्ने नारासहित आज देशभर अन्तराष्ट्रिय वृक्षारोपण दिवस मनाइएको छ ।

यसैबीच, बागलुङको बुर्तिबाङ स्थित इलाका वन कार्यालयले पनि यहाँ स्थित विद्यालय परिसर तथा सामुदायिक वनमा वृक्षारोपण गरि यो दिवस मनाएको छ ।

जिल्ला वन कार्यालय बागलुङका सहायक वन अधिकृत उपेन्द्र अर्यालका अनुसार बुर्तिबाङ स्थित उत्तरगंगा माध्यमिक विद्यालय, जनता आवासीय माध्यमिक विद्यालय र निसीखोला गाउँपालिकाको सल्लेरी सामुदायिक वनमा वृक्षा रोपण गरिएको हो । दुई विद्यालयमा १५÷१५ तथा सामुदायिक वनमा १०० विरुवा रोपिएको सहायक वन अधिकृत अर्यालले जानाकारी दिए । स्थानमा धुपी, अशोका, हर्राे, बर्राे र अमलाका विरुवा रोपिएको हो ।

जिल्ला वन कार्यालय बागलुङको असार २० गतेसम्म विक्षरोपण गर्ने सामुदायिक वन तथा सामुदायिक संघ संस्थाले चाहेमा निःशुल्क विरुवा प्रदान गरिने कार्यक्रम रहेको बताइएको छ । जिल्ला वन कार्यालयबाट राई खन्यू, निमारो, टकीसल्ला, सिसौ, ईपिल इपिल जातका घाँसमा काम लाग्ने विरुवा समेत प्रदान गरिने जनाइएको छ । विरुवा माग गर्न नजिकको इलाका वन कार्यालय, वा जिल्ला वन कार्यालयमा तत्काल सम्पर्क गर्न भनिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply