बागलुङ २०७५ असार १४ । गाउँखाने कथा हाल्ने धेरै पुरानो प्रचलन हो । यो बुद्धिदायक, ज्ञानबर्धक, रोचक … हुन्छ, त्यसैले बालबच्चा देखी बुढापाका सम्मकालाई यो मन पर्छ । तर पछिल्लो समय बागलुङबासीलाई जातिबित्तिनै सताईरहेको एउटा यस्तै यस्तै कथा छ, जस्ले आम जिल्लाबासीलाई निकै सताई रहेको छ, त्यस कथाको प्रश्न यस्तो छ,
– आउँछ जान्छ, जान्छ आउँछ के हो ?
* भर नभएको बिभरको !
– अल्लि भएन ।
* सवारी साधन !
– होईन । सानो क्लू भनिदिउँ, यसले लाज भनेको पटक्कै मान्दैन ।
* वर्षात !
– नाई, यो अँध्यारो उज्यालो संग सम्वन्धि छ ।
* रात र दिन …!
– मिलेन ! अर्को क्लू यस्तो छ, यसले डर कसैको मान्दैन, कसैलाई टेर्दैन, कसैको सम्पत्ति नष्ट होस या कसैको ज्याननै जाओस यसले
मतलब राख्दैन । दिनमा पचासौँ पटक जान्छ आउँछ ।
* त्यत्तिकैमा एउटा बच्चाले भन्यो- “बिजुली …! बागलुङको बिजुली !!!”
– ठीक !
***