बागलुङ २०७५ असार १५ । आज असार १५, नेपालीहरु यस दिनलाई विशेष महत्व दिएर धान रोपाईँ महोत्सवको रुपमा मनाउने गर्छन् । नेपालीहरुको मुख्य खाद्यान्न बाली धान हो । यस असार महिनालाई मानो रोपेर मुरी धान फलाउने महिनाको रुपमा लिईने हुँदापनि असारको विशेष महत्व रहन गएको हो । असार महिना भरमा करीब करीब धान रोपाई सकिन्छ ।
गत वर्ष गल्कोटमा धान रोपाईँ । तस्वीर- दिनेश खत्री, हरिचौर, गल्कोट ।
असार १५, धान रोपार्इँ गदैँ हिलो छ्यपा छ्याप गर्ने अर्थात हिलोले नुहाउने, दही चिउरा खाने, असारे गीत गाउँदै रमाईलोगर्ने दिन हो । हिलो (मथेको माटो) शरीरमा दल्दा चर्म रोग (छालामा हुने रोग) निको हुने मान्यता पनि रहि आएको छ ।
जिल्ला कृषि विकास कार्यालय बागलुङले अघिल्ला वर्ष सम्म धान दिवस तथा रोपाईँ महोत्सव कार्यक्रमको आयोजना गर्दै आएको भएपनि बिगत वर्ष देखी रोपाई महोत्सवको आयोजना गरेको छैन । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी सुजीत शर्माले बजेटको अभावले रोपाईँ महोत्सवको आयोजना नगरिएको ईबागलुङलाई बताए ।
जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलका अनुसार नगरपालिकाले वडा नं ५ बिनामारेको मिरिंगेफाँटका आज बिहान ११ बजे देखी धान रोपाई महोत्सव गर्ने जानकारी दिए भने गल्कोट नगरपालिका- ३ का अध्यक्ष बीरजंग भण्डारीले मल्म आँगाखेतमा धान रोपाई महोत्सवको आयोजना गरिएको बताए ।
तस्वीर- किरण आचार्य, फोटो सम्पादक ईबागलुङ ।