बागलुङ, २०७५ २०७५ असार १५ । नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. नवलपरासीका शेयर सदस्य र संस्थाद्धारा सञ्चालीत लघुवित्त कार्यक्रमका सदस्यहरुद्धारा बागलुङमा रहेको चारतारे युवा क्लव सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को शुक्रबार स्थलगत अवलोकन गरी एक आपसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नवप्रतिभा साकोस बर्दघाट शाखाका शाखा प्रवन्धक विजय श्रेष्ठको नेतृत्वमा आएको भ्रमण टोलीले सिवाईसी गु्रपले सञ्चालन गरेका क्रियाकलापहरुको बारेमा अन्तरकृया मार्फत जानकारी लिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सिवाईसी ग्रुपका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त कार्यक्रम तथा सहकारी संस्थाले महिला दिदीवहीनीहरुको भूमिकामा परिवर्तन ल्याएकोे बताए । उनले सिवाईसीले गरेका क्रियाकलापहरु तथा लघुवित्त कार्यक्रमको बारेमा सहभागिहरुलाई जानकारी गराउँदै बचत नगरेसम्म कोही पनी धनी हुन नसक्ने धारण राखे ।
कार्यक्रममा सिवाईसी नेपालका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले लघुवित्त कार्यक्रमको बारेमा जानकारी दिएका थिए भने सिवाईसी साकोसको बारेमा संस्थाका प्रवन्धक नवराज शर्माले प्रकाश पारेका थिए ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रतिभा साकोसको तर्फवाट ५० जनाको सहभागिता रहेको अन्तरकृया कार्यक्रमको सञ्चालन सिवाईसीका सुचना तथा प्रविधि सहायक सुमन जि.सी.ले गरेका थिए ।