Sorry, that menu does not exist.
 

अदालतको आदेश पछी, बागलुङ नगरवासी उपभोक्ताहरुलाई शुद्ध खानेपानी पिउने आशा पलायो !

बागलुङ २०७५ असार १६ । वर्षौँ देखी अति प्रदुषित पानी पिउँदै आएका बागलुङ नगरवासी उपभोक्ताहरुलाई उच्च अदालत पोखरा, बागलुङ इजलासबाट असार १५ गते भएको अन्तरिम आदेशले ठुलो राहत मिलेको छ । माटो र फोहोर युक्त दुषित पानी खाए खाउ नखाए घीचको अवस्थामा पिरोलिएर बसेका बागलुङ नगरबासीलाई सम्मानित अदालतको आदेश बरदान साबित हुने विश्वास गरिएकोे छ ।

उपभोक्ताहरुको अनुनय विनय, आग्रह, गुनासा एवं बिरोधलाई दरकिनार गर्दै बागलुङ नगरखानेपानी तथा उपभोक्ता संस्थाले उपभोक्ताहरुलाई प्रदुषित खानेपानी पिउन बाध्य पारिरहेको, निरीह बनेर टुलुटुलु हेरिरहेको बागलुङ नगरपालिका र अन्य सरोकारवाला निकायहरुका नाममा सम्मानित उच्च अदालत पोखरा, बागलुङ इजलासबाट शुक्रबार बागलुङ नगरपालिका समेतका नाममा ‘…. हाल बागलुङ नगर क्षेत्रमा वितरण हुँदै गरेको खानेपानीलाई ७ दिन भित्रमा पूर्ण प्रशोधन तथा शुद्धिकरण गरी किटाणुरहीत शुद्ध खानेपानीको व्यवस्था गर्नु र ७ दिन भित्रमा उपभोक्ताहरुलाई खानेपानी वितरण सम्वन्धमा नियमित र निश्चित समय निर्धारण गरी तोकिएको समयमा अनिर्वार्यरुपमा खानेपानी आपुर्ति हुने प्रवन्ध गर्नु’ भन्ने अन्तरिम आदेश जारी गरिएपछी जनस्वास्थ्य प्रति चरम लापर्बाही गर्दै आएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था तथा बागलुङ नगरपालिका सहित सम्वन्धित अन्य कार्यालयहरुमा जिम्मेवारी बोध भएको विश्वास गरिएको छ ।

स्मरणीय छ, बागलुङ नगरपालिका १ रामरेखाका टेकबहादुर सार्कीले उच्च अदालत पोखरा, बागलुङ इजलासमा दिएको रिट निवेदनमा यहि असार १३ गते मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश हरिप्रसाद पौडेलको संयुक्त इजलासले असार १५ दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । दुबै पक्षका विव्दान वकिलहरुको बहस सुनेपछी मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश हरिप्रसाद पौडेलको संयुक्त इजलासले माथि उल्लेखित अन्तरिम आदेश जारी गरेको हो ।

निवेदकका तर्फबाट अधिवक्ता बद्रि प्रसाद उपाध्याय शर्मा र बिपक्षीका तर्फबाट अधिवक्ता काजी गाउँले श्रेष्ठ र हरिप्रसाद शर्माले बहस गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply