Sorry, that menu does not exist.
 

भाटी बजारको झोलुङ्गे पुल जोखिममा, आवत जावत गर्न समस्या !

गुमानसिँह भण्डारी, गलेट २०७५ असार १७ । गल्कोट दुदिलाभाटीको झुलुङ्गे पुलबाट आवतजवात गर्न जोखिम बढेको छ । दुदिलाभाटीको भाटीबजार र थलिङ जोड्ने गौदीखोलाको झुलुङगे पुल जीर्ण बन्दा बिद्यार्थी र स्थानियलाई आवतजावतमा समस्या भएको थलिङका स्थानिय भिम बहादुर भण्डारीले बताए । निरन्तरको बर्षातका कारण पुलको भाटीबजार तर्फको जिपको तल्लोभागमा भएको माटो बगेपछि जिप नै ढल्ने स्थिति भएको भण्डारीले बताए ।

पटक पटक बिभिन्न निकायमा मर्मत सम्भारका लागी माग भएपनि हालसम्म सुनुवाई नभएको स्थानियको आरोप रहेको छ । पुलमा भएको फल्याकहरु कुहिन थाल्नु ,पुलको एकातर्फका एउटा लठ्ठा झिल्नु र त्यसमाथी निरन्तरको बर्षातका कारण पुलको तल्लो भागमा भएको माटो बगेपछि जोखिम बढेको हो ।
गल्कोट नगरपालिका १ दुदिलाभाटीमा पर्ने सो पुल जीर्ण हुँदा स्थानीयबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । पुलको मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । पुलको लठो पुरानो भएकाले खिया लागेर चुडिने अवस्थामा रहेको छ । यसैगरी तारजाली पनि फाटेको र लठाहरु कमजोर भएकाले ओहोर दोहोर गर्दा पुल हल्लीएर दुख हुने गरेको दुदिलाभाटीका स्थानिय जीवन भण्डारीले बताए ।

उक्त पुल तरेर सरस्वती माद्यमिक बिद्यालय, दुदिलाभाटी ईङलिस बोडिङ स्कुलमा अध्ययनका लागी आउने जाने बिद्यार्थी र स्थानियलाई समेत आवत जावतमा समस्या भएको दुदिलाभाटी ईङलिस बोडिङ स्कुलका प्रिन्सिपल कुमार गुरुङले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply