खगेन्द्र विश्वकर्मा ताराखोला, २०७५ असार १६ । ताराखोला गाउपालिकाको लक्ष्यित वर्गको सशक्तिमरण अन्तरगल प्रत्यक वडामा दलितहरुमा सशक्तिकरण तथा अभिमुखिकरण कार्यक्रम संचालन गरेको थियो । जस अन्तर असार १७ मा वडानं ४ मा २ सय बढि सहभागीमा प्रशिक्षण सम्पन्न गरेको छ ।
औपचारिक उद्घाटनमा गाउपालिका अध्यक्ष प्रकाश घर्तीले गाउपालिकामा मानवीय छुवाछूतको अन्त्य गर्ने अन्यथा कानुनी प्रक्रियामा जानपर्ने बताउदै दलितहरुको जीवनस्तर माथि उकास्न जुनकुनै रुपमा आफु लागि पर्ने बताए ।
कार्यक्रमको प्रशिक्षण अधिकार तथा कर्तव्यको बारेमा र आनिवानि सुधारको प्रशिक्षण हर्क विकले दिएका थिए भने दलितको विगतको अवस्था र वर्तमान अवश्या बारेमा प्रकाश पार्दै भविष्यमा हरेक क्षेत्रमा दलितहरुको सहभागीता तयार गर्ने जनशक्ति तयार गर्नुपर्ने बिषयमा पत्रकार खगेन्द्र विश्वकर्माले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण पछि वडा ४ कि जनप्रतिनिधि धनमाया विकले बोलेकी थिईन । त्यसै गरि वडान ३ का अध्यक्ष राजु विक, सहभागीबाट श्याम प्रसाद विक, सुन्तली परियारले बोलेका थिए । कार्यक्रम लिलामाया विकको संचालन पछि अध्यक्ष नरसिंह परियारले मन्तव्य सहित समापन गरेका थिए ।