प्रेम सुनार, गुल्मी २०७३ फागुन १५ । गुल्मीका केहि गाउँहरुमा बढो गजवको पार्टी प्रवेशका घटनाहरु घट्ने गर्छन् जस्ले राहत रकम वितरणको घटना पनि ओझेलमा पर्दै आएको छ ।
गत वर्षको भुकुम्पमा क्षति पुगेकाहरुलाई कतिपय संस्था र सरकारले नगद राहत समेत वितरण गरेको थियो ।
त्यस बेला नकचरा केहि राजनैतिक दलले हाम्रो पार्टीको पहलमा हो भनेर सोझा साझीलाई कान फुक्न समेत भ्याए । विदेशमा दुख गरेर , आफ्नो परिवारको गास काटेर राहत पठाउनेहरु मध्ये कतिपयले आफ्नो नाम समेत चाहेनन तर त्यो राहतमा आफ्नो पार्टीको उपस्थिती जनाउन मेरी हत्य गर्नेहर पनि भए ।
गाउँ गरिव दलित अन्य समुदायका विपन्न वर्गलाई वाँडीएको राहत रकम वुझेर गाविस सेरोफोरको होटलमा टिल परेर बस्ने , अनि पार्टी प्रवेशको साँझ कुनै गोप्य घर कोठा र होटलमा कुखरा र ग्यालेनका ग्यालेन रक्सी ढलाउनेहरुले कसैको घर वार समेत विगारेको पाईएको छ । श्रीमान श्रीमती विच झगडा पारी दिने । यस्ता हर्कत पनि पार्टी प्रवेश गराउने तुच्छ राजनैतिक चलखेल भित्र पर्ने गरेको सर्वसाधरणले बताएका छन् ।
साँझ रक्सीले टिल परी सके पछि दिउँसो पार्टी प्रवेश गर्दा लगाएको अविर र माला च्यात्दै त्यही प्रवेश गरे दललाई साला फटाहहरुको पार्टीको पार्टीमा पनि कोही जान्छ भन्दै उहि थालमा छेद् गरेको पनि सुनिएको छ । गत संविधान सभा चुनाव ताका छापाहिलेमा अघिल्लो दिन सम्म माओवादीको संयुक्त मेशमा मासु भु्ट्ने एक जना कार्यकर्ता कांग्रेसको एक घरमा पाठो काट्दै गरेको बेला फेला परे । उनले सानो खोलाको पँधेरोमा आन्द्र दुहुदै थिए ।
उताबाट उनका एक जना कमरेड आएको देखे पछि उनि आत्तिदै सलाम सर भन्दै मुठी उठाउँदा त्यो आन्द्रो मुठी संगै काँध माथी पुगेको थियो भने छात्तीमा त्यो आन्द्रो लत्रिदा उनका कपडा लादीले वेपत्ता हुन पुगेको थियो । उनी त्यो मुठी र आन्द्रो संगै भुईमा राखेर सोध्धै नसोधी भन्दै थिए ।
यो त्यो घरमा पुजाको पाठो हो । त्यहाँ पुग्दा थुप्रै जना पाठा पुजारीहरु भेटिएका थिए । पाठा मात्र होईन टुङकुला देखि पाए सम्म रोयल स्टेक सम्मका पुजारीहरु समेत त्यहाँ देखिन्थे । लाल सलामबाट जयनेपाल हुन लागेकाहरुका मध्ये एक जनाकी श्रीमति कट्टर लालसलामवाली रही छन् ।
रक्सीले टिल परेर साँझ श्रीमतिलाई पनि कन्भीन्स गर्न के आँटेका रहेछन गोदाई पनि राम्रै खाए छन् र उता दिउँसो पार्टी प्रवेश साँझ घर निशेष भए छ र रातभरी दलानमा पल्टीने भए छन् । केही त आज यो पार्टी आए पनि प्रवेश उ पार्टी आए पनि प्रवेश । कतिपय फेरी टन्न रक्सी मासु धोकेर प्रवेश गर्ने अनि अर्को दिन पुराना पार्टीका मान्छेले सोध्धा कहाँ हुनु झुक्काएर हो भन्न समेत लाज नमान्ने गरेको पाईयो । पार्टी प्रवेश आजकल निकै सस्तो बनेको छ । एक माना आठो पिठोमा , दुईचार गिलासमा, ऋण उधारो दिएमा , अझ कतिपयले त काम चलाउ सरकारको भुमिका निर्भाह गरी दिएमा समेत पार्टी प्रवेश गर्ने गराउने गरेको पाईएको छ । झन झन दुईचार सय मिटर खाने पानी पाईप र सोलर लगायतका सामग्री नै बाँडे पछि त प्रवेश नगर्ने कुरै भएन् ।
मगर संघ गुल्मीले मनायो स्थापना दिवस
प्रेम सुनार, गुल्मी २०७३ फागुन १५ । नेपाल संग गुल्मीले आज सदरमुकाम तम्घासमा भव्य रुपमा ३५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा गत तिन दिन देखि स्वर्गिय दलबहादुर राना मगर स्मृति खुल्ला भलिवल प्रतियोगिता गरिनुका साथै ३५ औं स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथी सभासद दिलशोभा पुनले मगर समुदायको गुमाउँदै लगिएको पहिचान स्थापित गर्न मगर समुदायहरु लाग्नु पर्नेमा जोड दिएकी थिईन् । उनि आज नेकपा एमालेमा भुमिगत छंदाको वर्षंऔ पछि एमाले नेता तथा आफ्ना श्रीमान वोमबहादुर खड्का संग केहि वेर छमछमी नाच्ने अवसर समेत पाएकी छिन् । उनि संगै नाचेका नेपाल मगर संगका अध्यक्ष टिका रेश्मीले नाचि रहेकी सांसद पुन संग नाच्न मञ्चमा वसेका उनका श्रीमान वोमबहादुर खड्कालाई आग्रह गरे पछि यस्तो संयोग मिलेको थियो ।
कार्यक्रममा मगर सुमुदायको कला संस्कृति , भेषभुषा र खाने परिकार समेत प्रर्दशन गरिनुका साथै अतिथीहरुको सत्कार समेत गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघका पुर्व जिल्ला अध्यक्ष तथा केन्द्रिय सल्लाहकार वालसिंह काउछा , नेकपा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त , नेपाली कांग्रेसका जिल्ला प्रतिनिधी प्रकाश भलामी , नेकपा माओपवादी केन्द्रका जिल्ला प्रतिनिधी अशोक थापा , राष्ट्रिय जनमोर्चाका अध्यक्ष जिवन राना , प्रहरी नायव उपरिक्षक महेन्द्र नेपाल , गुल्मी उद्योग वाणिज्य संघका महासचिव तारा भुसाल नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद प्रेम सुनार , ईन्टीग्रेटी आईडल २०१६ का आईडल एवं शिद्धवावा उच्च माविका प्राचार्य डोरविक्रम श्रीस् लगायतको विशेष आतिथ्यता रहेको थियो । विजेता खेलाडीहरुलाई सांसद दिलशोभा पुनद्धारा पुरस्कृत गरिएको खेल संयोजक महेश काउछाले जानकारी दिए ।
फेरी कांग्रेसले हाल्यो एमालेमा पहिरो
प्रेम सुनार, गुल्मी २०७३ फागुन १५ । केहि दिन अघि तम्घासको कांग्रेसमा एमालले ल्याई दिएको पहिरोको समाचार लगत्तै वदलावकै रुपमा कांग्रेसले फेरी बडागाउँ र हस्तीचौरको एमालेमा ठुलै पहिरो ल्याई दिएको दावी गरेको छ । कांग्रेस पाटी जिल्ला सचिव खिलध्वज पन्थीले हस्तीचौरमा ५१ जना र बडागाउँमा २ सय ५१ जना कार्यकर्ता एमालेबाट कांग्रेसमा प्रवेश गरेको दावी गरेका छन् ।
दजाकोटमा एमालेबाट कांग्रेसमा प्रवेश गर्ने घरधुरीको संख्या १ सय ७ रहेको पन्थीको भनाई छ । एमालले भने त्यस गाउँमा पुरै घरधुरीको संख्या नै त्यति छैन त कसरी त्यति मानिस काग्रेसमा सरे ? भनेर प्रतिप्रश्न गरेको छ । एमालेका सचिवालय सदस्य गणेश श्रीपालीले भने–‘ ५० पनि नहुने ४९ पनि नहुने ठ्याक्कै सय पनि नहुने प्रवेश गर्नेहरु संख्या कि ५१ , कि १ सय वा २ सय ५१ पुग्ने , के त्यो पार्टी प्रवेश गर्ने मान्छेको संख्या नभएर चन्दा रकम हो र ? भन्दै व्याङ्ग गरे ।
उनले भने–‘चन्दाकै शैलीमा खिलध्वज जिबाट आउने प्रवेश प्रपोकाण्डको संख्या पाँच प्रकारका छन् । उहाँले पार्टी प्रवेश गर्नेको सख्या कि २८ वा ४८ , ७२ र मुलतः ५१ बनाउनु हुन्छ । त्यो उहाँका लागि शुभ सख्या वा गणना पनि होला तर तपाई दजाकोटमा गएर मानिसका टाउकै गनेर हेर्नुस त्यत्रो सख्या नै छैन भने त्योकार्यकर्ता प्रवेश नभएर हवाई प्रवेश हो ।
उनले गुल्मी कांग्रेसमा २०४८ सालको हर्कत दोहरिएको आरोप लगाए । २०४८ सालमा नेपालको कुल जनसख्या भन्दा बढि जनता नेपाली कांग्रेसमा प्रवेश गरेको समाचार रेडियो नेपालबाटै प्रशारण भएको बताउँदै श्रपालीले भने २०४८ पछि बडागाउँको दजाकोटमा पनि त्यही कुरा कांग्रेसले दोहरायो कि त्यहाँका कुल जन संख्या भन्दा बढिको प्रवेश ।,
उनले अर्कै कार्यक्रम हो भनेर सवैलाई बोलाउने , दुई चार मिटर पाईप देखि अनेक कुरा दिलाउ छौं भनेर पुरै गाउँवासीलाई बोलाउने , सम्मानका नाममा टिका अविर लाईनैलाई लगाई दिने र पछि मिडियामा पार्टी प्रवेशको हौवा दिने संस्कृतिको अन्य हुनु पर्नेमा जोड दिए । त्यसो त केहि दिन अघि उपल्लो तम्घासबाट कांग्रेस परित्याग गरी ६० जना भन्दा बढि एमालेमा प्रवेश गरेको भन्ने विषयलाई पनि कांग्रेसले त्यस्तै व्याङ्ग गरेको छ ।
काग्रेस नेता पन्थीका अनुसार दजाकोटका छविलाल राना , टोपबहादुर पुन , विष्णु थापा र शर्माजित कुमाल सहित २ सस ५१ जना प्रवेश गरेको जानकारी दिए ।
उता हस्तीचौरमा अञ्जना नेपालीको नेतृत्वमा ५१ जना कार्यकर्ता एमालेबाट कांग्रेसमा प्रवेश गरेको हस्तीचौरका सभापति चुराबहादुर खत्रीले जानकारी दिए । लिम्घा लगायतका विभिन्न गाविसमा पनि सख्यामा ‘एकाउन्ने लहर’चलेको नेताहरुले बताएका छन् ।
यसै विच हस्तीचौरमा नेपाल तरुण दलका पुनर्गठन भएको जनाएको छ , । सो पार्टीका गाउँ सभापति चुराबहादुर खत्रीको अध्यक्षतामा बसेको भेलाले नेपाल तरुण दल हस्तीचौर गाउँ कमिटीको पुनर्गठन गरेको हो । अध्यक्षमा हरिबहादुर खत्री , उपाध्यक्षमा निमबहादुर केसी, सचिवमा जितन थापा , कोषाध्यक्षमा वावुराम पन्थी सहित २५ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।
त्यस्तै भुपु सैनिक संघ पनि गठन गरिएको छ । अध्यक्षमा बजिरबहादुर कुँवर , उपाध्यक्षमा दुर्गाबहादुर सारु , सचिवमा रनबहादुर रेश्मी , कोषाध्यक्षमा दलबहादुर सारु सहति १५ सदस्यीय गाउँ कमिटी गठन गरिएको जनाईएको छ । भेलाले महिला संघ हस्तीचौर पनि गठन गरेको छ । अध्यक्षतमा कल्पना रिजालको संयोजकत्वमा महिला संग गठन गरिएको सभापति खत्रीले बताए । एमालेबाट रामप्रसाद खनालको नेतृत्वमा ५१ जना प्रवेश गरेको जिल्ला सचिव पन्थीले पनि बताए ।
गुल्मीका निजामती कमचाराीव्दारा सरकारको विरोध !
गाउँका स्वास्थ्य चौकीहरुमा दरवन्दी छ स्वास्थ्यकर्मी छैनन् । गाउँकै अन्य प्रशासनिक निकायमा पनि दरवन्दी खाएर कर्मचारीहरु कोही सदरमुकाम त केन्द्रमा जरा गाडेर बसेका छन् । यहि अवस्थालाई ध्यानमा राखी हालै सरकारले संसदमा एउटा विद्येयक लैजादै छ , ।
जुन विद्येयकमा कर्माचारीहरुलाई कुनै पनि स्थानमा खटाएको ठाउँमा ३५ दिन भित्र हाँजिर नभए जागिरबाटै वर्खास्त गर्ने कठोर निर्णय पारित गर्दै छ । गाउँको दरवन्दी ओगटेर सदरमुकाम र केन्द्रमा राजनीति गर्ने र जनतालाई सेवा नदिने त्यस्ता कर्मभचारीहरुलाई सरकारले गरेको निर्णया जायज हो भनेर सेवाग्राहीले भनि रहेको वेला नेपाली कांग्रेस निकट निजामति कर्मचारीहरुले भने विरोध जनाएका छन् ।
नेपाली कांग्रेस निकट निजामति कर्मचारीहरुको राष्ट्रिय स्तरको टे«डयुनियन ( संघ ) जिल्ला कार्य समिति गुल्मीको सातौं जिल्ला अधिवेशनका वक्ताहरुले सरकारको त्यस्तो निर्णयलाई विरोध गरेका हुन् । कार्यक्रमका विशेष अतिथी तथा आधिकारिक टे«डयुनियन गुल्मीका अध्यक्ष जयश्वर पन्थीले सरकारले गरेर संसदमा पेश गर्न लागेको उक्त निर्णयलाई विरोध गरेका हुन् ।
उनले भने –‘वर्तमान सरकारले राणकालिन हैकम लाद्दै कर्मचारीहरुलाई तोकेको स्थानमा पठाएको ३५ दिन भित्र उक्त स्थानमा हाँजिर नएर वर्खास्त गर्न जुन निर्णय गरेको छ त्यस विरुद्ध हामी आन्दोलनमा उत्रिने छौं र गर्ने भनिएको स्थानिय निकायको निर्वाचन समेत वहिस्कार गर्ने छौ । ’
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सोही पार्टीका खिलध्वज पन्थी , प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना लगायत विभिन्न संगठनका प्रमुख प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
राष्ट्रिय स्तरको टे«डयुनियन ( संघ ) जिल्ला कार्य समिति गुल्मीको अध्यक्ष हरिप्रसाद ज्ञवालीका अध्यक्षतामा सम्पन्न उद्घाटन उपाध्यक्ष प्रेमराज खनालको स्वागत मन्तव्य र सचिव टंक पन्थीको सञ्चालन रहेको थियो ।
स्वास्थ्यकर्मीहरुले भने दरवन्दी ओगटेर बस्नेहरु विरुद्ध चेतावानी !
नेपाली कांग्रेस निकट निजामती कर्माचारीहरुले तोकेको स्थानिमा ३५ दिन भित्र कर्मचारी हाँजिर नभए वर्खास्त गर्ने सरकारले निर्णय गरेको विरोध गरी रहेको वेला गुल्मीका स्वास्थ्यकर्मीहरुले भने दरवन्दी ओगटेर वस्नेहरु विरुद्ध कडा चेतावानी दिएका छन् । गुल्मी जिल्लाका स्वास्थ्य क्षेत्रमा क्रियाशिल स्वास्थ्यकर्मीहरुको संयुक्त संघर्ष समितिले आज सातौं दिनकोे आन्दोलनका क्रममा यस्तो चेतावानी दिएका हुन् ।
सरकारले स्वास्थ्यकर्मीहरुको पदस्थापना नगरी अन्यायमा पारेको , २०७० । १२ । १२ कार्यन्वयन नगरेको भन्दै गत सात दिन देखि देशभर आन्दोलित मध्ये गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको संयुक्त संघर्ष समितिका संयोजक नारायण प्रसाद अर्यालले दरवन्दी ओगटेर वस्नेहरु विरुद्ध पनि आन्दोलन गरिने चेतावानी दिए ।
आज विहानै देखि जिल्ला जनस्वास्थ्य कार्यालयले मनाउन लागेको स्वास्थ्य दिवस वहिस्कार गर्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुले सो कार्यालमा धर्ना दिनुका साथै त्यहाँ देखि जिल्ला प्रशासन कार्याल अगाडी सम्म विरोध प्रदर्शन गरेका थिए । पुनः जिल्ला प्रशासन कार्यालय अगाडी आई विरोध सभामा परिणत भएको थियो ।
विरोध सभामा स्वास्थ्य मन्त्री गगनकुमार थापा र सरकारको चर्को विरोध गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संग गुल्मीले आफ्नै पार्टीको सरकार र स्वास्थ्य मन्त्री पनि आफ्नै नेता भएका कारण आन्दोलनमा सहभागी नहुने गरेको निर्णय प्रति खेद व्यक्त गरिएको थियो । काग्रेस निकट कर्मचारी आन्दोलनमा सहभागी नभए पनि नेकपा एमाले , नेकपा माओवादी केन्द्र निकट स्वास्थ्यकर्मी आन्दोलनमा सहभागी भएको संघर्ष समितिले जनाएको छ ।
कार्यक्रममा राष्ष्ट्रिय स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष पुण्यप्रसाद पौड्याल, नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष श्यामसुन्दर पोखरेलले मन्तव्य राखेका थिए ।
संघर्ष समितिका संयोजक नारायणप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव ओमबहादुर थापाको सञ्चालन रहेको थियो ।