Sorry, that menu does not exist.
 

ढोरपाटन नगरकार्यपालिका सदस्य एवं कांग्रेस नेता राना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

झरना कँडेल, बुर्तिवाङ २०७५ असार १८ । राष्ट्रिय जनमोर्चाबाट ढोरपाटन नगरकार्यपालिका वडा सदस्यमा निर्वाचित थमबहादुर छन्त्याल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको पर्सिपल्टै नेपाली काँग्रेसबाट वडा नं १ को सदस्यमा निर्वाचित वडा सदस्य तथा समाजसेवी होमबहादुर राना आज नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेका छन् ।

बिगत लामो समय देखी नेपाली कांग्रेसमा आबद्ध रहेर सक्रियरुपमा काम गरिरहेका ढोरपाटन नगर कार्यपालिका सदस्य रानालाई नेपाल कम्युनिष्ट पार्टी ढोरपाटन नगर कमिटीले खादा र अवीर लगाई स्वागत गरेको छ । नवप्रवेशी रानालाई अत्यन्तै कुशल समाजसेबी भन्दै कार्यक्रममा उनको विशेष गुनगान गाईएको थियो ।

बिगत लामो समयदेखी समाजसेवा तथा राजनीतीमा सक्रिय रानाले यो बेला भनेको नगरसमृद्धिको बेला भएकाले बिकासे मन भएका ब्याक्तीहरु एउटै दलमा रहेर काम गर्दा छिटो बिकास गर्न सकिने भएकोले नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेको बताए ।

सो अबसरमा शुभकामना मन्तब्य ब्यक्त गर्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले , राना बचपनदेखीको साथी र नगरकार्यपालीकामा पनि सहपाठी भएको र अब राजनीतिक फिल्डमा पनि संगै सहयात्रा गर्न पाएकोमा खुसी ब्यक्त गरे । अराजक दृष्टिकोण तथा भाव राख्ने वा नराम्रो ब्यबाहार गर्नेहरु कहिल्यै बिजयी नहुने बताउदै नगरप्रमुख नेपालीले,सकारात्मक सोच र राम्रो कामको सधै जित हुने बताए । ढोरपाटन नगरपालिकाको समृद्धीका लागी सबैजना एक जुट् भएकाले, अब नगरपालिकाको समृद्धी लाई कसैले रोक्न नसक्ने उनको दाबी थियो ।

सो अबसरमा बोल्दै वडा नं १ का अध्यक्ष चित्र बहादुर भण्डारी , नेपाल कम्युनिष्ट पार्टीका नेता तुल्सीराम अर्यालले नब आगन्तुक रानालाई स्वागत गर्दै, एकार्कालाई आदर गर्ने आफ्नो पार्टीको सिद्धान्त रहेकाले अनुशासनमा रहेर ढोरपाटन नगरपालिकाको समृद्धीका लागी भरपुर सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा, टंक प्रसाद पौडेल,वडा नं ५ का अध्यक्ष लक्षमण पुन ,वडा नं ९ का अध्यक्ष हरी बहादुर घर्ति, नेकपाका केशर बहादुर छन्त्याल, ज्ञान प्रसाद कंडेल, रामप्रसाद आचार्य , उत्तरगंगा माध्यमिक बिद्यालयका प्रअ ईश्वरी प्रसाद पौडेल रिभरहेड ईन्टरनेश्नल एकेडेमीका प्रिन्सिपल कमल भुषाल , जनजागृति आधरभुत बिद्यालय कुत्थाप्लाका प्रअ शिबलाल सुबेदी लयागतको उपस्थीती रहेको थियो ।

अनौपचारीक कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पार्टीका चन्द्रलाल अर्यालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply