Sorry, that menu does not exist.
 

प्रदेश संचार नीति २०७५ को मस्यौदा माथि सन्चारकर्मीहरु बीच छलफल सम्पन्न !

किरण आचार्य बागलुङ २०७५ असार १८ । प्रदेश संचार नीति २०७५ माथि आज जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित कार्यक्रममा छलफल भएको छ ।

प्रदेश नम्बर ४ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय पोखराको आयोजनामा भएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकार बेदप्रसाद खरेलको प्रमुख आतिथ्यतामा रहेको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर ४ का निमित्त प्रमुख ध्रुव गिरिले आम संचारको बिकास संगै यसको गुणस्तर हुन जरुरी भएको बताए । उनले प्रदेशको कानून संग बाझिन नहुने अहिले ल्याएको निति त्यसैको सेरोफेरोमा रहेर काम अगाडि बढाएको बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर ४ का निमित्त प्रमुख ध्रुव गिरिले आम संचारको बिकास संगै यसको गुणस्तर हुन जरुरी भएको बताए । प्रदेशको कानून संग बाझिन नहुने अहिले ल्याएको निति त्यसैको सेरोफेरोमा रहेर काम अगाडि बढाएको गिरिले बताए ।

मिडियामा बिदेशी लगानी गर्ने कुरालाई प्रदेशले गम्भीर रूपमा लिएको अहिलेलाई लगानी अरू उद्योग धन्दामा जस्तो सहज बनाउन सक्ने अबस्था अझै नभएको निमित्त प्रमुख गिरिले बताए ।अहिले भइरहेको अब्यबस्थित केवुल लाइनले शहरी सौन्दर्य बिगारेको कारणले यसलाई ब्यबस्थित गराउन सरकारले कडा कदम चालेको गिरिले बताए ।

आमसन्चार क्षेत्रमा ज्ञान सीप योग्यता र क्षमताले युक्त जनशक्ति ल्याउन सकेमात्र संचारको गुणस्तर बढेर जाने हुदा यसतर्फ ध्यान दिनुपर्ने छलफल कार्यक्रममा गिरिले बताए । अहिले प्रदेश मन्त्रालयले आफै मिडिया संचालन गर्ने भन्दापनि खुलेका मिडायालाई प्रादेशिक करण गर्ने नीति बनाउनु उपयुक्त हुने धारणा गिरिले राखेका थिए ।

छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारा शर्मा सुदर्शन श्रेष्ठ पत्रकार महासंघका जिल्ला सचिव राम थापा पत्रकार किरण आचार्य तारानाथ आचार्य लगायतका सरोकारवालाले अहिले प्रदेश संचार नीति बनाउदा समय सान्दर्भिक हुनुपर्ने संचार माध्यमको मात्रै नभइ मिडियामा काम गर्ने पत्रकारको हकहित सुनिश्चित बनाउने कानून बनाउनु पर्ने सुझाव राखेका थिए । उनिहरुले अहिले पनि यो वा त्यो नाममा मिडियामा बिदेशी लगानी भित्रीन खोजिरहेको हुदा यसलाई अरू ब्यबसायमा जस्तो लगानी गर्न दिन नहुने धारणा राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply