बागलुङ २०७५ असार २० । बागलुङ नगरपालिकाको कार्यालय अपायक स्थानमा भएको मार वषौँ देखी नगरवासीले खेपी रहेका छन् । न त्यहाँ सम्म पुग्न नगरपालिकाका नगरसेवक कर्मचारीहरुलाई सुविधा छ न सेवाग्राही नगरवासीलाई सुविधा छ । व्यापक कठिनाईका गुनासोका बीच सेवाग्राहीहरु रातामाटाको पाखा सम्म पुग्न बाध्य छन् ।
यो समाचार लेखि रहँदा हिजो असार १९ गते दिउसो जिल्ला प्रशासन कार्यालयको प्रजिअ वेदप्रसाद खरेलज्यूको कार्यकक्षमा मौकाबस भेटहुँदा साविक नारायणस्थान गाविस हाल वडा नं १४ का समाजसेवी कमल कुमार जीसीले भनिरहेका थिए, ‘नगरपालिका कार्यालयको बारेमा अलि गम्भीर भएर लेखिदिनु पयो । सबैले भने कुरा सुनिन्छ कि ?’
‘के कुरा लेख्नु पयो भन्नुस न ।’
‘हामी नगरवासीलाई नगरपालिकाको कार्यालय रातामाटा सम्म पुग्न एकदमै सास्ती भयो । नगरवासीलाईनै सास्ती पुग्ने गरी कार्यालय सन्चालन गर्ना सबैलाई मर्का छ । कार्यालय सबैलाई पायक पर्ने स्थानमा हुन पर्छ …..। एक पुग्नै समस्या, अर्को पुगेपनि कार्यालयमा सरोकारवालालाई भेट्टाउनै नसकिने, ज्यादै दुख भयो…..’
जीसीजीको मखारविन्दुबाट निस्किएका शव्दहरु शतप्रतिशत सत्य छन्, आम नगरबासीको पीडालाई यी शव्दले प्रतिनिधित्व गरिरहेको छ । त्यस्मा सन्देह गर्ने ठाउँ छैन ।
नगरपालिकाको कार्यालय अपाएक भयो भनेर चर्का कुराहरु गर्नेहरु, नराबाजी गर्नेहरु, डेलिगेशन लिएर वरपर गुहार्नेहरु नै अहिले नगरपालिकामा हालीमुहाली गरिरहेका छन् । महंगा सवारी साधनमा चढ्न पाएपछी आम नगरबासीेहरुको समस्या बिर्सिएका हुन सक्छन् ।
केहि घण्टा पहिलेमात्र पत्रकार मित्र सुभास गौतमले खाली नगरपालिका जनता मारमा भनेर सामाजिक सन्जाल फेसबुकमा पोष्ट गरेका केहि तस्बीरहरुले पनि यसै कुरालाई ईंगित गरेको छ ।
आश्चर्य मान्नु पर्दैन, यहाँ कार्यालय खाली हुन्छ जनप्रतिनिधी र कर्मचारीले तलब बुझिरहेका छन्, यहाँ बिमान (हवाई जहाज) खाली उड्छन बिमान कम्पनिले नगरपालिकाबाट भाडा बुझिरहेका छन …..।