गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार २० । यहाँ सुनको फुल पार्ने कुखुराको चर्चा गर्न खोजिएको होईन, यहाँ सुन फलाउने पुनहरुको प्रशंग उठानगर्ने जमर्को गरिएको हो । जापान नगएर घरकै खेतबारीमा परिश्रमी पाखुराले सुन फलाउने पौरखीहरुका बारेमा चर्चा गर्न खोजिएको मात्र हो ।
गल्कोट नरेठाटीको बयलीमा कृषकहरुले तरकारी (टमाटर) खेती गरेरै लाखौ आम्दानी गर्न सफल भएका छन । थोरै घरपरिवार भएको बयलीमा कृषकहरु ब्यवसायिक रुपमा टमाटर र तरकारी व्यवसायमा लागेका छन । बयलीमा कृषकहरुले टमाटर खेती गरेरै बार्षिक लाखौ आम्दानी गर्दै आईरहेको गल्कोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले ईबागलुङलाई बताए ।
‘टमाटरबाट वार्षिक ५, ६ लाख रूपैयाँसम्म आम्दानी गर्छु,’ स्थानिय कृषक सुशिला पुनले भनिन् ‘मौसमी तथा बेमौसमी तरकारीले छोराछोरीको पढाइ र घरखर्च धानेको छ ।’ पुनले गत ४ बर्षदेखि ब्यवसायिक रुपमा टमाटर सँगै तरकारी खेती गर्दै आएकी छन् । २ बर्षसम्म प्लाष्टिक घरमा टमाटर खेती गर्दै आएकी पुनले त्यसपछि बिभिन्न संघ सस्थाको सहयोग पाएपछि हाईटेक टनेलमा ब्यवस्थित तरिकाले टमाटर खेती गर्दै आएको पुनले ईबागलुङलाई बताईन । उनका ३ ओटा हाईटेक टनेलमा टमाटर सँगै बोडी, तितेकरेला, साग, काँक्रा लगायतका तरकारीहरु रहेका छन । तरकारीबाट समेत राम्रो आम्दानी हुने पुनको भनाई छ ।
त्यस्तै सोहि गाउका मन बहादुर पुनले समेत ब्यवसायीक रुपमा टमाटर खेती गर्दै आएका छन् । उनले प्लाष्टिक घरभित्र टमाटर खेती गर्दै आएको र बार्षिक एउटा टनेलबाट ६० हजार सम्म आम्दानी हुने बताए । हामीलाई बढि खानेपानी र सिचाईमा समस्या छ, पानीको ब्यवस्था हुने हो भने त्यहाँका सबैजसो कृषकहरु ब्यवसायीक तरकारी खेतीमा लाग्ने पुनको दाबी छ ।
त्यस्तै कृष्ण बहादुर पुनले समेत ब्यवसायिक टमाटर खेती गरेका छन् । उनले एउटा टनेलमा टमाटर खेती गरेका छन् । पुनले अब केहि दिनमा अर्को टनेल निर्माण गर्ने बताए । पुन गाउमै राम्रो आम्दानी हुन थालेपछि दंग परेका छन् ।
यसैबिच गल्कोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले यस बर्ष नरेठाटी बयलीमा ब्यवसायीक रुपमा टमाटर र तरकारी खेती गरेका कृषकहरुलाई प्रोत्साहन गर्ने गरि योजना समावेश गरेको बताए । उनले बयली तरकारी उत्पादनमा अन्य ठाउ भन्दा राम्रो बताए । उक्त ठाउमा खानेपानी प्रमुख समस्या भए पनि त्यसको समाधान समेत छिट्टै हुने भण्डारीको छ ।
सड्क सञ्जालले जोडिएको बयलीमा तरकारी बजारीकरणका लागी कुनै समस्या नभएको नगरकार्यपालिका सदस्य तथा स्थानिय बिष्णु बिकले बताए । यहाँ हामीले उत्पादन गरेका कृषि उव्जनीहरु बजारीकरणका लागी कुनै समस्या छैन बिकले भने अब कृषकहरुलाई प्रोत्साहन गर्ने गरि योजनाहरु समावेश भए यहाँका कृषकहरु ब्यवसायीक तरकारी खेतिबाटै लाखौ आम्दानी गर्न सफल हुने छन् । बयलीमा टनेल बाहेक खुल्ला ठाउमा समेत तरकारी खेती राम्रो उत्पादन भएको छ ।
नरेठाँटीको बयलीमा छन, सुन फलाउने पुन ….!
२०७५ असार २०, बुधबार १८:२४
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ श्रावण १८, सोमबार १०:२०
गलकोटको चौराहमा बस दुर्घटना ११ घाइते
२०७८ श्रावण ५, मंगलवार १४:०४