Sorry, that menu does not exist.
 

गल्कोटमा ९० प्रतिशत धान रोपाई सकियो !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार २० । असार तेस्रो सातासम्म ९० प्रतिशत धान रोपाई सकिएको छ । मनसुन सक्रिय हुन ढिलाइ गरेपनि प्रयाप्त सिँचाईको सुविधा भएकाले असार तेस्रो सातासम्म ९० प्रतिशत धान रोपाई सकिएको हो ।

केहि ठाउमा बाहेक अन्य क्षेत्रमा सिँचाइको प्रयाप्त सुविधा भएको र वर्षा समेत सुरु भएकाले बाँकी १० प्रतिशत रोपाई एकसाताभित्रै सकिने गल्कोट नगरपालिकाका कृषि शाखा प्रमुख डिएन दाहालले बताए । गल्कोटको दुदिलाभाटी, नरेठाटी, हटिया, हरिचौर, काडेबास, मल्म लगायतका ठाउमा धान उत्पादन राम्रो हुने गरेको दाहालको भनाई छ । यहाँका कृषकहरुले हाईब्रिट, युएस १ सय १२, खुमल, राम धान सँर्गै स्थानिय जातका धानहरु रोप्दै आएका छन ।

फाईल तस्वीर: नगर उपप्रमुख रेणुका काउचा रोपाई महोत्सवमा धान रोप्दै ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply