Sorry, that menu does not exist.
 

ताराखोलामा असारे मेला सुरु, औपचारिक उद्घाटन असार २३ गते !

खगेन्द्र विश्वकर्मा बागलुङ (ताराखोला)२०७५ असार २१ । ताराखोलाको पहिचानको रुपमा रहेको असारे मेला ताराखोलाको करिमेलामा १९ गते देखि सुरु भएको छ । मेला २४ गते सम्म संचालनहुने असारे युवा क्लवका अध्यक्ष रविन घर्तीले जानकारि दिएका छन् । मेलामा विभिन्न खेलहरु पुरुष,महिला भलिबल ,रस्साकसी, नृत्य ,धनुषवाण, दोहोरी गीत लगायाष्को कार्यक्रमहरु संचालन गरिएका छन् ।

क्लबले दिएको जानकारी अनुसार मेलाको औपचारिक उत्घाटन २३ गतेका दिन हुनेछ भने मेलाको प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा पूर्व राष्ट्रिय भलिबल खेलाडी देवकुमार नेपालीको रहने छ । साथै युवा विद्यार्थी नेता दिवश खत्री पदम लगाएतको उपस्थिती रहने जाकारी दिइएको छ ।
मेलाको सांस्कृतिक कार्यक्रममा नेपाली लोक गीतका चर्चित गायक, संगीतकार, सर्जक बसन्त थापा , गायक एवम् सर्जक, खगेन्द्र विश्वकर्मा ,गायिका खिमा लगायतका कलाकारहरुले उद्घाटन देखि समापन सम्प आआफ्ना प्रस्तुति राख्ने छन् । साथमा पोखराका बाद्यबादन समुहको पनि प्रस्तुतिमा साथ रहने क्लबले जानकारी दिएको छ ।

असारे युवा क्लबको ९ औ बार्षिक उत्सव भएता पनि असारे मेला स्थानिय मगर जातिहरुको परम्परागत साँस्कृतिक पर्व हो । यस पर्वलाई स्थानिय सबै जातिले सामुहिक रुपमा मनाउदै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply