शीला पाण्डे
मन,मन नै हो सायद सानो होस या ठुलो, चोट लाग्दा दु:खी हुन्छ किन मनले बाहिर ब्यक्त गर्न नसकेका कुराहरुलाई पनि स्पर्श गरि रहेको हुन्छ।
मन, मन नै हो मान्छे को मन सबैको एकै खाल को हुदैन किन कि सबै मान्छे एकै खाल का पनि हुदैनन र मान्छे मान्छे बिच को सोचाइ पनि एकै हुदैन
हो साच्चै भन्ने हो भने एउटा भगेरो चरो को पनि त मन नै हो उसलाई पनि हरेक प्रकारका जिम्मेवारी थपी रहेका छन जस्ले गर्दा उसले दिन भरी चारो को खोजिमा डुलिरहेको हुन्छ र आफ्नो बाल बच्चा को ख्याल गरिरहेको छ । उसलाई त्यही चारो खोज्दै हिंड्न् को लागि कति गाहरो भैरहेको छ उसलाई पनि आनन्द सङग बस्न मन छ तर पनि उसको मन मा चिन्ता छ कतै मेरा बाल बच्चाहरुलाइ भोग लाग्छ कि भन्ने तेसैले त भन्न मन लाग्छ मन त मन नै हो ।
हो सबै जीव जन्तुमा चिन्ता छ भोक छ शोक छ, जस्ले गर्दा हरेक समय मलाइ पनि चिन्ता छ मेरो भबिस्यको बिसयमा त्यो पनि मनमा नै छ । हरेक सानो सानो कुरा लाई साचेर राख्ने मन …. मन आखिर मन नै हो हरेक पीड। पुउने र उथल पुथल बनाउने पनि मन जुन भौतिक रूपमा देखिने भन्दा छुट्टै खाल को मन मन त मनै हो ।
२०७५ असार २३ ।
पर्बत