Sorry, that menu does not exist.
 

निसीखोला गाउँपालिकामा आदिवासी जनजातिको क्षमता विकास तालिम शुरु !

निसीखोला २०७५ असार २४ । निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले आदिबासी जनजातिहरुको राज्यका हरेक तहमा समान सहभागिता हुनुपर्ने बताएका छन् । समान हक र समान अवसरले मात्र राज्यका सवै तहमा समान र सम्मानजनक उपस्थिती सम्भव भएकोले त्यसको लागि गाउँपालिकाले जनजातिहरुको क्षमता अभिवृद्धिका लागि सक्दो पहल गर्ने उनको भनाई थियो ।

निसीखोला गाउँपालिकाको केन्द्र जुग्जाखोलामा शनिबार देखि आदिवासी जनजातिहरुको क्षमता विकासको लागि आयोजना गरिएको ३ दिने अभिमुखिकरण गोष्ठीको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अध्यक्ष पौडेलले राज्यका सवै बर्ग र समुहलाई विकासको मुलधारमा ल्याउन राज्यले प्रभावकारी नीति र कार्यक्रम ल्याउनुपर्ने बताए ।

त्यस्तै, कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुशिल पनेरुले आदिबासी जनजातीहरुको जीवनस्तर उकास्नका लागि उनीहरुको लागि शिक्षाको उचित व्यवस्थासँग सिपमुलक तालिमको आयोजना गरिनुपर्ने बताए ।

त्यस्तै, आदिबासी जनजाति निसीखोला गाउँ समन्वय परिषदका अध्यक्ष भिम घर्तिमगरले आदिबासी जनजातिहरुको आन्दोलनलाई मूर्त रुप दिन जनजातिहरु राजनैतिक भेदभाद नगरी एकताबद्ध हुनुपर्ने बताए ।

कार्यक्रममा वडा नं. ६ का वडाअध्यक्ष सूर्यबहादुर घर्तिमगर, वडा नं. २ का अध्यक्ष कुबिर विश्वकर्मा, देवी दोभान महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक होमकुमारी गुरुङ् लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए

आदिबासी जनजाति निसीखोला गाउँ समन्वय परिषदका अध्यक्ष भिम घर्तिमगरको अध्यक्षता रहेको कार्यक्रम परिषदका सल्लाहकार कुशल बुढामगरको स्वागत मन्तव्य र सचिव लक्ष्मण छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैविच, उद्घाटन पश्चात क्षमता विकास तालिम पनि सुरु भएको छ । तालिमलाई आदिबासी जनजाति विद्यार्थी संगठनका केन्द्रिय सदस्य मनिष थापा र जनजाति अभियन्ता तथा काठेखोला गाउँपालिका—१ का अध्यक्ष खडक थापाले सहजिकरण गरिरहेका छन् । करिब ९५ जना आदिवासी जनजातिहरुको सहभागिता रहेको तालिम सोमबार सम्म सञ्चालन हुने छ ।

यसैविच, निसिखोला दलित सञ्जालको आयोजनामा गरिएको तालिमको गाँउपालिका अध्यक्ष पौडेलले उद्घाटन गरेकाछन् । कार्यक्रममा वोल्दै अध्यक्ष पौडेलले पहिले देखी रहदै आएको जातिय विभेद चेतनाको विकाश सँगै अन्त्य हुने बताए । त्यसका लागी गाँउपालिकाबाट दलित सशक्तिकरणका लागी आर्थिक तथा सामाजिक कार्यक्रम तय गरेर अघि बढ्ने बताए ।

निसिखोला गाँउपालिकाका सबै वडाबाट गरी कार्यक्रममा कुल १ सय २३ जनाको सहभागी ता रहेको छ । तालिममा धौलागिरी क्याम्पसका प्रध्यापक डम्बर विश्वकर्मा र नेकपाका केन्द्रिय नेता गोविन्द नेपालीले प्रशिक्षण दिने बताइएको छ ।

कार्यक्रम दलित सञ्जालका संयोजक रिम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन झम शिपालीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply