बागलुङ २०७५ असार २५ । नेपाली संगीत क्षेत्रका दुई होनहार कलाकार दुर्गेश थापा र राजेश बर्देवाले महिलाहरुको हरितालिका तीज२०७५ को अबशरलाई लक्षित गर्दै सदाबहार गाउन सुन्न र हेर्न मिल्ने गीत कान्छीलाई पट्टायो झिल्केले बजारमा लिएर आएका छन ।
ि म्युजिक भिडियोमा मोडल र डान्सर एबम डीजे पप गीतमा अब्बल गायकको रुपमा चर्चित दुर्गेश र गायनमा माहिर राजेश बर्देवाको फ्युजन पनि गतिलै मिलेको महसूस गर्न सकिन्छ ।
परम्परागत रत्यौली भाका र मौलिक शब्द समायोजन गरि बिनोद बाजुराली ले एरेन्ज गरेका छन भने गाउन मा अमृता नेपाली ले राजेश लाई साथ दिएकी छन ।
दुर्गेश थापा र स्मृति गुरुङको छम छमीमा बाशु बरालको छायांकन ,राज कुस्मीको सम्पादन र जय कुमारको निर्देशनमा म्युजिक भिडियो पोखरामा निर्माण गरिएको थियो ।