Sorry, that menu does not exist.
 

एउटै पुरुषका लागि आमा छोरीको तँछाड मछाड ….

कुरो नबिग्रे सम्म स्वागत–सत्कार कुरो विग्रे वलात्कार …… ! कृपया पुनः चेतना भया…

प्रेम सुनार, गुल्मी २०७५ असार २५ । समाजमा लुकेका घटनाहरु खोज्न पनि गाह्रो । खोजेर सञ्चार माध्यमा संप्रेषण गर्न पनि लाजमर्दो । तर नउठाएर पनि के गर्नु ? भित्र भित्रै कतिपयको यौनिक चर्तिकलाले समाजका कतिपय सज्जनहरुलाई लज्जित पारेको छ । सञ्चार माध्यमा उठाई दिए त्यस्तो चर्तिकला गर्न छाड्थे कि भन्ने स्थानिय समाज सेवीको आग्रह छ ।

फेरी दोहराईदै छ ‘माछा र कान’को विकृति । घरमा श्रीमतीलाई खोला तिर माछा खान जान्छौं भन्दै ढाँटेर हिड्नेहरुको परस्त्री गमनको कोडभाषा ‘कान खाने ’रहेको छ । त्यसरी कान खान हिड्नेहरु मध्येका केहि भुसे तिग्रेहरु एउटै घरका आमा छोरी ताक्छन । ४० वर्षको नेटो काटेकी आमा आफुलाई मस्त जवान तरुनी ठान्छिन । ‘कान’संगै लोकल कुखरा ढल्छ घरमा ।

‘कान’ प्रेमीहरु भरसक कलिली छोरी, नपाए आमाबाट चित्त बुझाउने मनशायका साथ पुगेका हुन्छन । नखरमाउँली आमा, छोरी सुताउने चलखेलमा हुन्छिन । कुखरे बैंसले उन्मत्त छोरी पनि के कम ? निद्राले अत्ताएको भन्दै आमा सुत्ने भन्दा अलि परको गोठमा सुत्न जान्छिन । भुसे तिग्रेहरु मध्येका एक जना आमा छोरी दुवैको आकर्षणको केन्द्र बनेको हुन्छ ।

त्यस ‘केन्द्र’ दुवैको चाहना सम्वोधन गर्ने गरी त्यहाँ प्रस्तुत हुनै पर्छ । पहिला आमालाई सम्वोधन गर्दा छोरी रिसाउने, फेरी छोरीलाई सम्वोधन गर्दा आमा रिसाउने । यस्तो मुस्किलमा परेको भुसतिग्रे नम्वर–१ , जता पहिला भए पनि ढाँट्न विवस हुन्छ ।

अन्ततः लोकल कुखराको मासु , मदिराले मस्त भुसतिग्रेहरु मध्ये पुर्व नियोजित र नियमित प्रकृया अनुरुप घर बाहिर आलो पालो प्रणाली अख्तियार गर्छन । उता छोरी महारानीको ढुकढुकीले थात छाडेर होला गोठबाट ओर्लेर घर भित्र आमा महारानीको चर्तिकलाको चाल सुन्छिन । भित्र वाहिरका कान प्रेमीहरु कोही वाहिर गार्ड बस्छन त कोही भित्र ‘उपहार’ ग्रहणमा हुन्छन् ।

छोरी महारानी रिसले चुर हुँदै पुन गोठमा आएर पल्टिन्छन । अन्ततः जसरी खान खाँदा सवै भन्दा मिठो चोखो लाष्टमा रुचाउने जिव्रामा बानी परेको छ त्यसरी नै ती कलिली छोरी चाख्न पुगिन्छ । गुल्मी स्थित वावु नभएको घर भित्रको यौन विकृति हो यो ।

कृपया कान प्रेमीहरु यो पनि चेतना भया कि कुनै दिन वलात्कार मुद्दामा जाक्किन बेर लाग्ने छैन । आमा छोरी विचको तँछाड मछाडले ‘सम्वोधन’ मा असन्तुलन हुँदाको दिन आमाले छोरी फसाउँने र छोरीले आमा फसाउने खेल सुरु भई बलात्कार मुद्दा हाल्न बेर लगाउने छैनन ।

किन कि पछिल्लो चरण केहि घटना यस्ता पनि देखिएका छन कि कुरो नबिग्रने वेला सम्म त्यसरी नै स्वागत–सत्कार कुरो विग्रे वलात्कार बन्न थालेको छ । ‘कान’ काण्डमा राम धुलाई हुनु परेको घटना पनि ताजै छ । कृपया पुनः चेतना भया…

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply