Sorry, that menu does not exist.
 

बेनी साकोसका सञ्चालकका लागि क्षमता अभिवृद्धि तालिम !

बागलुङ, २०७५ असार २५ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा वित्तीय कारोबारको शुभारम्भ गर्ने संस्थाका रुपमा स्थापित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकहरुका लागि आयोजित क्षमता अभिवृद्धि तालिम आइतवार सम्पन्न भएको छ ।

तालिमको उद्घाटन संस्थाका जेष्ठ सञ्चाललक सदस्य ७७ वर्षीय अंगद श्रेष्ठले गर्नु भएको थियो । उहाँले सहकारीहरु मानिसको बुढेसकालको साहराका रुपमा अगाडि आएकाले संस्थालाई प्रभावकारी सञ्चालनका लागि सबै सदस्यहरुले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले दीगो सहकारी निर्माणका लागि सहकारी ऐन नियमको पालना गर्न तथा रणनीतिक योजना निर्माण गरेर अगाडि बढ्न सुझाव दिए ।

शेयर सदस्यहरुलाई नगदमा नाफा दिने मात्र सोंच राखेर सहकारीको मर्म र भावना पुरा नहुने भन्दै उहाँले सदस्यहरुको समस्या समाधानमा सहयोगी संस्था बनाउनु पर्ने बताए ।

सहकारी ऐन, सहकारीमा सञ्चालक र व्यवस्थापनको भूमिका, सहकारी व्यवसायका सकारात्मक पक्ष र चुनौती लगायतका विषयमा जिसीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सहकारीमैत्री ऐन नियम निर्माण गरेर सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन आफु तत्पर रहेको बताएका थिए ।

तालिमका सहभागीहरुको तर्फबाट बोल्दै सञ्चालक सदस्य नेत्रबहादुर महतले बेनी बचत तथा ऋण सहकारीको १६ वर्षे इतिहासमै पहिलो पटक प्रभावकारी र व्यवस्थित तालिम सम्पन्न गरेको बताए ।

तालिम समापनका क्रममा अध्यक्षको आसनबाट बोल्दै संस्थाका अध्यक्ष रमेश गिरीले बेनी बचत तथा ऋण सहकारी संस्थालाई आगामी दिनमा अझै व्यवस्थित र प्रदेश स्तरमै पहिचान दिने सहकारीका रुपमा विस्तार गर्न तालिम सहयोगी भएको र आगामी दिनमा समेत सहकारी शिक्षालाई जोड दिइने बताए ।

कार्यक्रममा स्वागत उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठले र सञ्चालन सचिव लक्ष्मण शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply