गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार २५ । गत बर्ष बिद्यार्थी बिहिन बनेर बन्द हुने अवस्थामा पुगेको गल्कोटको एक बिद्यालय पुन सञ्चालनमा आएको छ । गल्कोट नगरपालिका ५ हरिचौरको सिद्ध प्राथमिक बिद्यालय गत बर्षको साउनमा बिद्यार्थी संख्या शुन्य हुदाँ एक हप्तासम्म बन्द भएको थियो । बिद्यालय बन्द हुने अवस्था आएपछि बिद्यालय ब्यवस्थापन समिति र अभिभावकहरुले चासो दिन थालेसँगै यतिबेला उक्त बिद्यालयमा २५ जना बिद्यार्थीहरुले अध्ययन गर्न सुरु गरेका छन ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिर बहादुर थापाका अनुसार बिद्यालयका प्रध्यानाध्यापक र केहि शिक्षकहरुका कारण बिद्यालय बन्द हुने अवस्थामा पुगेपछि आफुहरु सक्रिय बनेको बताए । थापाका अनुसार यतिबेला बिद्यालयमा १ देखि ५ सम्म बिद्यार्थीहरुले निरन्तर रुपमा पढ्दै आईरहेका छन ।
बिद्यालयका प्रध्यानाध्यापक होम बहादुर खत्रीले अवकाश लिएपछि यतिबेला बिद्यालयका पुर्व शिक्षक भक्त बहादुर थापाले प्रध्यानाध्यापकको जिम्मेबारी सम्हालेका छन् । गत बर्षको साउनमा बर्खे बिदा सकिएर बिद्यालय सुरु हुदाँ बिद्यार्थीहरु क्रमस घट्दै गएपछि बिद्यालय बिद्यार्थी बिहिन बनेको थियो । बिद्यालयका भएका केहि बिद्यार्थी पृथ्वी माद्यामिक बिद्यालय र केहि निजि बिद्यालयमा गएपछि बिद्यालय बन्द हुने अवस्थामा पुगेको थियो । सबै बिद्यार्थीहरु अरु बिद्यालयमा जान थालेपछि बिद्यालयबाट ब्यवःथापन समितिका अध्यक्ष थापाले समेत आफनी छोरीलाई अर्को बिद्यालयमा सारेका थिए ।
बिद्यालयको भेलामा शिक्षकहरुलाई घरदैलो अभियान सञ्चालन गर्ने र बिद्यार्थी संख्या बढाउने बिषयमा छलफल भएसँगै यतिबेला बिद्यालयमा पुन बिद्यार्थीको आकर्षण बढेको छ । बिद्यालयमा निरन्तर पढाई हुने भएपछि अभिभावक समेत खुसी बनेका छन । आगामि बर्षदेखि अग्रेजी माद्यमबाट पढनपाठन सुरु गराउने बिद्यालयले योजना बनाएको छ ।
हाल बिद्यालयमा २ जना थाई १ जना करार, २ जना स्थानिय स्रोत र १ जना कार्यालय सहयोगी रहेका छन । बिद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्ने गरि अबको केहि दिनपछि कम्युष्टर कक्षा समेत सञ्चालन गर्ने अध्यक्ष थापाले बताए ।
हलहले ओझेलमा
यसैवीच संरक्षण र प्रचार प्रसारको अभावमा गलकोट एक पर्यटकीय स्थल ओझेलमा परेको छ । जिल्लाको गलकोट नगरपालिका १ दुदिलाभाटी र लेखानीमा रहेको पर्यटकीय स्थल हलहले ओझेलमा परेको हो । दुदिलाभाटीको उच्च स्थानमा रहेको हललले भौगोलिक हिसाबले निकै महत्वपुर्ण मानिन्छ । प्रचार प्रसारका लागि हालसम्म कुनै रचनात्मक काम नभएका कारण ओझेलमा परेको स्थानिय खडक गुरुङले बताए । घोडाबाधेको भ्यु टावरदेखि करिब १ घण्टाको बाटो हिडेपछि पुगिने उक्त ठाउबाट अधिकांश १ दर्जन हिमशृखलाका साथै बिभिन्न जडिबुटी, जंगली जनावर देख्न सकिने गुरुङले बताए ।
गल्कोट नगरपालिकाको पुर्र्वतर्फ पर्छ, हलहले । यहाँ पुग्न पक्की र कच्ची दुवैखाले सडक प्रयोग गर्नुपर्ने हुन्छ । मध्यपहाडी लोकमार्ग देखि पैदल रुपमा १ घण्टाको बाटो हिडेपछि उक्त स्थानमा पुग्न सकिन्छ । उक्त स्थानमा दुदिलाभाटी र लेखानीका बिद्यालयका बिद्यार्थीहरु,सँगै स्थानियहरु समेत समय समयमा बनभोज खानका लागी आउने गर्दछन । उक्त स्थानबाट गलकोटको स्पष्ट सँग मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ । यहाँबाट गल्कोटमा सम्भावना बोकेका पर्यटकीय स्थलहरु घुम्टे, गाजा, निलुवा, राजाको दरबार, कोट मैदान, पुर्णकोट सँगै काठेखोला गाउपालिकाका लेखानी, कादेश, सँगै बागलुङ नगरपालिकाका अधिकांश भागहरु समेत देख्न सकिन्छ ।
रङ्गीचङ्गी गुराँसे जंगल, सुर्योदय, पहाडी भुगोलले हलहले क्षेत्र सम्भावनायुक्त क्षेत्र हो । यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि मध्यपहाडी लोकमार्ग घोडाबाधे भ्यु टावरबाट सडक जोडन सके पर्यटन प्रबद्धनमा सहयोग पुग्ने स्थानिय हिरा बहादुर भण्डारीले बताए । प्रचुर धार्मिक एवम पर्यटकीय सम्भाबना बोकेपनि आबश्यक प्रचार–प्रसार र पूर्वाधारको अभाबमा ‘बत्तिमुनीको अध्यारो’को रुपमा रहेको हलहले क्षेत्रमा बढी भन्दा बढी आन्तरीक र बाह्य पर्यटक भित्राउन सकेमा यसले स्थानीयको आयआर्जन र रोजगारि बृद्धि गर्नुको साथै काठेखोला गाउँपालिका र गल्कोट नगरपालिकाको समेत आम्दानीको स्रोत बनाउन सकिने देखिन्छ । करिब १० बर्ष पहिले सम्म हलहलेमा १०, १२ घरधुरी बसोबास गर्ने गदर्थे । सडक, खानेपानी, शिक्षा, स्वास्थ लगायतको समस्याका कारण यतिबेला १, २ घरधुरी मात्रै बसोबास गर्दै आईरहेका छन । हलहले प्राकृतिक सँगै उत्पादनका हिसाबले पनि प्रख्यात मानिन्छ । उक्त ठाउमा आलु, सिमि, गोपि लगायतका तरकारी बढि मात्रामा उत्पादन हुने गदर्छ ।