Sorry, that menu does not exist.
 

त्यो ७० लाख पनि कागजमा सम्पन्न हुने हो कि प्रमुखज्यु ?

प्रेम सुनार, गुल्मी २०७५ असार २७ । हिजो गुल्मीको छत्रकोटमा कामै नगरी रकम निकासी सम्वन्धि समाचार वाहिर आए लगत्तै फेरी त्यहाँका जनताले काम नभएको त्यहाँको अर्को रकमबारे निगरानी बढाएका छन ।

‘होल बढी चकअप’ कार्यक्रमका लागि त्यस गाउँपालिकाले सुरुमा ५० लाख छुट्टाएको थियो भने पछि २० लाख थपेर ७० लाख पुराएको थियो । यसै आर्थिक वर्षमा गर्ने भनिएको जुन कार्यक्रम आज असार २७ गते सम्म पनि हुन सकेको छैन ।

४० वर्ष माथीका सवै छत्रकोटवासीको पुर्ण स्वास्थ्य परिक्षण गर्ने उद्देश्यका साथ अगाडी सारिएको उक्त कार्यक्रम विज्ञहरुको अभावमा गर्न नसकिएको त्यस गाउँपालिका स्वास्थ्य विभाग संयोजक श्यामसुन्दर पोखरेलले बताए ।

पटक पटक हामीले त्यस कार्यक्रम सञ्चालनका लागि टेण्डर आव्हान गरेका थियौं । बेलैमा कुनै स्वास्थ्य संस्था सम्पर्कमा नआए पछि त्यो कार्यक्रम गर्न नसकिएको हो,– पोखरेलले भने ।

केहि स्थानियले कार्यक्रम हुन नसके पछि ‘त्यो ७० लाख ’ कोडभाषा बनाउँदै कतै हिजोको समाचारममा झै कागजमा मात्रै सम्पन्न हुने हो कि ? भनेर निगरानी बढाएका छन । नाम नवताउने सर्तमा धेरैले उक्त विषय सञ्चार माध्यमबाट उठाई दिन आग्रह गरेका छन ।
प्रतिक्रिया दिदा विवादमा तानिने लागेर होला यस सम्वन्धमा प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले फोन उठाएनन । लेखापाल माधव अर्याल छोटो कुरा गरेर फोन राखे दोश्रो तेश्रो पटक फोन गर्दा उठाएनन । छोटो कुराकानीमा उनले उक्त कार्यक्रम गर्न नसकिए पछि वहुवार्षिमा लैजाने तयारी भएको जानकारी दिए ।

गाउँपालिका प्रमुख मधुकृष्ण पन्त संग असार मसान्त ढिप्की सक्यो अवको तिन दिनमा त्यो ७० लाखको काम होला ? भन्ने प्रश्न गर्दा उनले नसकिने नै जवाफ दिए । उनले दुई पटक सम्म आव्हान गर्दा कोही सम्पर्कमा नआए पछि त्यो कार्यक्रम गर्न ढिलाई भएको बताए ।
पछिल्लो पटक काठमाडौमा रहेको नेपाल काडियो ड्राईवेटीक एण्ड थाईराईटस् सेन्टर भन्ने संस्थाले सम्झौता गर्न सम्पर्कमा आएको छ प्रमुख पन्तले भने असार २९ गतेबाट त्यो कार्यक्रम सुरु गर्न लागिएको छ ।

उनले श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त कार्यक्रम गरिने जानकारी दिए । यसै आर्थिक वर्षम गर्न नसके पछि वहुवािर्षम गर्ने निर्णय भएको पन्तले बताए । उनले थपे – जनताको चासो उठाउनु भयो , जुन ठिक हो , जनतालाई ढुक्क हुन भन्नुस काम नगरी कुनै पैसा दायाँ बायाँ हुन दिने छैनौं । ’

हिजो त्यस गाउँपालिका वडा नम्वर ४ हर्दिनेटको एक मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष दिपक कँडेल लगायत काम नै नगरी रकम निकासी गर्न आएको समाचार प्रकाशित भएको प्रति उनले कुनै आपत्ती जनाएनन । उनले थपे –‘गल्ती गर्ने कसैलाई पनि छाडिन्न । जुन रकम अनियमित्ता हुनबाट बचाई सकिएको छ । ’ उनले मिडियाले बेलैमा खवरदारी गरेको प्रति धन्यवाद दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply