छविलाल पाण्डे बुर्तिबाङ २०७५ असार २७ । ढोरपाटन नगरपालिकाको आर्थिक बर्ष २०७५/७६ को बजेट नीति तथा कार्यक्रम बुधबार अनुमोदन सहित पारित गरिएको छ । कुल ३० करोड २८ लाख बराबरको बजेट बजेट पारित गरिएको हो ।
जसमध्ये चालु तर्फ ४ करोड ५० लाख ,सर्सत तर्फ ११ करोड ४६ लाख र समानिकरण तर्फ १४ करोड ३२ लाख बजेट बिनीयोजन गरिएको छ । उतm बजेट बिकास निर्माणमा प्रयोग हुने बजेट हो । बिनियोजित बजेटमध्ये बुर्तिबाङमा खानेपानी ब्यबस्थापनका निम्ती १ करोड छुट्याईएको छ । त्यस्तै सबै बिद्यालयमा शिक्षक ब्बयस्थापन, १ करोड , गुणस्तर अभिबृद्धि ४० लाख,लक्षित समुह कार्यक्रम ४० लाख, कृषि बिकास र ब्बयस्थापन ६५लाख , पशु कार्यक्रम अन्तर्गत ३५ लाख रुपैया बजेट बिनियोजन भएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेलले बताए । गत असार १० गतेको ढोरपाटन नगरपालिकाको सभामा उठाईको निती तथा कर्याक्रमलाई बुधवार सभाबाट अनुमोदन सहित पास गराईएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिए ।
कार्यक्रम ढोरपाटन नगरप्रमुख देबकुमार नेपालीको अध्यक्षता, उपप्रमुख कर्मती पुन, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य लगाएतको सहभागिता रहेको थियो ।