Sorry, that menu does not exist.
 

पत्रकार राम्जालीको पाँचौ स्मृति दिवस : सामाजिक रुपान्तरणमा राम्जालीको योगदान महत्वपूर्ण !

सुमन सुनार, बुर्तिबाङ २०७५असार २९ । रेडियो परिवर्तनले बिहीबार बुर्तिवाङमा पत्रकार आपत राम्जालीको पाचौ स्मृति दिवस मनाएको छ । परिवर्तन एफएमको स्थापनाकाल देखी नै समाचार सहायकको रुपमा क्रियाशील रहेका पत्रकार राम्जालीको ब्लड क्यान्सरबाट २०७० साल असार २८ गते उपचारकै क्रममा निधन भएका थियो ।

स्मृति दिवसका अवसरमा बोल्दै रेडियो परिवर्तनका प्रबन्ध निर्देशक लोकेन्द्र सुनारले स्वर्गिय पत्रकार राम्जालीले समाजमा प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुलाई कार्यक्रम तथा समाचारको माध्यमबाट प्रशारण गरी समाजलाई रुपान्तरण गर्न महत्वपूर्ण योगदान पु¥याएको स्मरण गर्दै उनिमा रहेको सिर्जनशीलता, अनुशासन, कर्तव्यनिष्ठता तथा मिहिनेत जस्ता गुणहरु सञ्चारकर्मीहरुले पनि विकास गर्नुपर्ने बताए ।

उनले पत्रकारिता क्षेत्र निकै संबेदनशील र समाजको पहरेदार भएकाले यस क्षेत्रमा आवद्ध पत्रकारहरुले संयमित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए ।

स्व राम्जालीको स्मृतिमा रेडियो परिवर्तनले आपत स्मृति सिर्जनशील पुरस्कारको समेत स्थापना गरि हरेक वर्ष दुई जना पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ ।

सामुदायिक रेडियो परिवर्तनका प्रबन्ध निर्देशक सुनारको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन प्रस्तोता गोेपाल बुढामगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply