Sorry, that menu does not exist.
 

हिलमा साउने सक्रान्ति मेला जारी, विधिवत उद्घाटन साउन १ गते !

पूर्णभद्र निउरे, ताराखोला २०७५ असार ३० । साविक हिल गाविसमा परम्परा देखि मनाउदै आएको साउने सक्रान्ति मेला शुक्रबार देखि शुरु भएको छ । ताराखोला गाउँपालिका को वडा न ३ हिल गाउँ मा मनाइने यो मेला एक ऎतिहासिक मेलाको रुप मा चिनिन्छ । बर्षौ अगाडि देखि स्थानीय जनजातिले मनाउदै आइरहेको यो मेलालाई पछिल्लो समयमा सबै जातजातिले पहिचानको रुपमा लिदै संरक्षणमा लागिरहेको साउने सक्रान्ति मेला ब्यबस्थापन समितीका अध्यक्ष जग बहादुर घर्तीले ईबागलुङ लाई बताए । साउन २ गते सम्म चल्ने साउने सक्रान्ती मेला को अबसर मा खुल्ला महिला तथा पुरुष भलिबल , एकल नृत्य लगायतका प्रतियोगिता आयोजनाका साथमा नवीन राना, चाहाना श्री लगायतका राष्ट्रिय कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने सचिब रमेश घर्तीले जानकारी दिए ।

यसै बिच आज सम्पन्न पुरुष भलिबलको पहिलो चरणको खेलबाट त्रिशूली युवा क्लब हिल, शिद्ध भैरब फर्निचर उध्योग हरिचौर, एथ्ऋ तारा , भदौरे मेला ब्यबस्थापन समिती अर्गल सिले, मिरमिरे युवा क्लब तारा, असारे युवा क्लब तारा, माघे सक्रान्ती मेला हिल पधेरा खोला ,लालिगुरास युवा क्लब हिल गुरासे , ल्थ्ऋ तारा , शक्ति युवा क्लब हिल बगर,पिक अप ग्रुप ताराखोला,साउने मेला , म्यारिज ग्रुप हिल , नब ज्योति आमा समूह हिल र सीप युवा क्लब तारा दोस्रो चरण मा प्रवेश गरेका छ्न ।

मेलाको औपचारिक उदघाटन प्रदेश सभा का सांसद चन्द्र बहादुर बुढा ९ सागर० को प्रमुख आतिथ्यता मा साउन १ गते गरिने र उक्त दिन मगर समुदाय को सिस्नो खोस्ने सस्कृती पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply