योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ असार ३१ । बागलुङ क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद देवेन्द्र पौडेल सहितको टोलिले निसीखोला गाँउपालिका वडा नम्बर ३ कालेखेतदेखी वडा नम्बर ४ थापागाँउ हुदै वडा नम्बर ३ याङम्याङ जोड्ने मोटरबाटोको निरिक्षण तथा अनुगमन गरिएको छ । उक्त मोटरबाटो सांसद विकास कोषको १० लाख रुपैया लागानीमा ट्रयाक खोल्ने कार्य अघिल्लो आर्थिक वर्षमा पुरा भएको थियो । आर्थिक वष २०७४/०७५ मा गाँउपालिकाबाट विनियोजित २५ लाख रुपैयाँमा वडा नम्बर ३ को कालेखेतदेखी याङम्याङ सम्म मोटरबाटो जोडिएको र त्यसको सांसद पौडेल निसीखोला गाँउपालिका अध्यक्ष तारानाथ पौडेल प्रशासकीय अधिकृत शुसिल पनेरु वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्मा नेकपाका नेता चन्द्र अर्याल प्रकाश घर्ती केशर छन्त्याल कुशल बुढा लगाएतको टोलीले अनुगमन गरेको हो ।
अनुगमनमा पुगेका सांसदलाई त्यहाका स्थानिय जनताले मोटरबाटो स्तरउन्नतीका लागी पहल गर्न आग्रह गरेका छन् । त्यहा उत्पादित कृषि उपजको बजारिकरण तथा जडिबुटी प्रसोधन र ढुङ्गाखानी उत्खननका लागी पहल गर्न आग्रह गरेका थिए ।
जनताको गुनासो सुनेपछी सांसद पौडेलले जनताको जीवनस्तर उकास्नका लागी स्थानिय स्रोत साधनको पहिचान गरि त्यसलाई निर्यातको वातावरण सिर्जना गर्ने र मोटरबाटो स्तरउन्नतीसँगै कालाखेतदेखी प्युठानको धार्मिक स्थल स्वर्गद्धारी सम्म जोड्न आफ्नो तर्फबाट विशेष पहल गर्ने प्रतिवद्धता जनाए ।
यस्तै निसीखोला गाँउपालिकाको वडा नम्बर २ जुग्जाखोलामा जुग्जाखोलाले अघिल्लो वर्षमा त्यहाको बस्तीमा पुर्याएको क्षती र खोलामा तटबन्ध निर्माण सम्बन्धमा पनि निरिक्षण गरिएको छ । त्यस ठाँउको निरिक्षण पछि वस्ती वरपर खोला किनारमा तटबन्धका लागी पहल गर्ने सांसद पौडेलले बताए ।
निसीखोाला गाँउपालिका वडा नम्बर ४ तल्लो बेङ्ग्रीमा रहको शिवशक्ति प्राथमिक विद्यालयको ४ कोठे भवन अस्ति परेको अविरल वर्षाका कारण भत्किदा विद्यालयमा क्षती पुगेको र त्यसको वैकल्पिक व्यवस्थापनका लागी विद्यालयका प्रभानाध्यापक विव्यस र स्थानियले सांसद पौडेल समक्ष आग्रह गर्दै मागपत्र बुझाएका छन् । त्यसलगत्तै सांसद पौडेलले जिल्ला शिक्षा कार्यलयमा तत्काल फोन सम्पर्क गरी वैकल्पिक व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
प्रतिनिधि सांसद पौडेललाई निसिखोला गाँउपालिकाले स्वागत गरेको छ । स्वागत कार्यक्रममा वोल्दै सांसद पौडेलले निसीखोलाको विकासका लागी गाँउपालिका अध्यक्ष तारानाथ पौडेलसँग समन्वय गरेर अघि वढ्न आफु तयार रहेको बताए ।