Sorry, that menu does not exist.
 

एक घण्टाको वर्षातले बुर्तिबाङ बजार क्षेत्र भल पसेर तहस नहस !

सुमन सुनार,बुर्तिबाङ २०७५ साउन १ । आज दिउँसो १ घण्टाको वर्षातसँगै बुर्तिबाङ बजारका टोलटोलमा भेल पसेर तहस नहस बनाएको छ । बुर्तिबाङ बजारको भगवती मन्दिरमाथि ढलबाहिर पानी निस्कदा भगवती मन्दिर वरपरदेखि इलाका प्रहरी कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र तथा न्यूरो हुँदै सिनेमा रोडसम्म भेल बगेर घरघरमा पसेको छ । उता प्राथमिक स्वास्थ्य केन्द्र नजिकको ठाडो खोल्सीमा आएको भेलसँगै पहिरो खस्दा स्वास्थ्य केन्द्रको नयाँ भवनमा बाढी पसेर पुरेको छ । हाल स्वास्थ्य सेवा दिइरहेको स्वास्थ्य भवन तथा स्वास्थ्य कर्मीको आवास गृहमा बाढी पसेको छ ।

उक्त बाढी पसेर अस्पताल रोड हूँदै सिमसार टोलसम्मका स्थानीयको घरमा पसेपछि स्थानीयहरु बाढी तर्काउन तर्फ सक्रिय देखिए । यो समस्या बुर्तिबाङ बजार क्षेत्रमा यस्तो समस्या देखिदै आएको छ । ढल निकासका लागि नयाँ शहरी आयोजनाका तर्फबाट निर्माण कार्य जारिरहेको छ । तर बजार क्षेत्रमा निर्माण गरिने ढल मात्र समस्याको स्थायी निकास हुन नसक्ने भन्दै बजार क्षेत्रको माथिल्लो भूभागमा मोटरवाटो निर्माण गर्दा ध्यान दिनु पर्ने स्थानीयले बताएका छन् । हिउँद भरि बजारको माथिल्लो भागमा मोटरवाटो निर्माण गरिएको छ । पानी परेसँगै उक्त माटोमा मिसिएको भल बजारभित्र पस्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply