बागलुङ, २०७५ साउन १ । जैमीनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले हाम्रो जस्तो विकासउन्मुख राष्ट्रले उद्यमशिलतालाई विशेष महत्व र स्थान दिनुपर्ने बताएका छन् ।
चारतारे युवा क्लव सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको संयूक्त आयोजनामा मङ्गलबार बागलुङ बजारमा आयोजीत उद्यमशिलता विकास सम्वन्धि अन्तरकृया कार्यक्रममा बोल्दै प्रमुख अतीथि पौडेलले उक्त कुरा बताएका हुन । उद्यमशिलता नै आर्थिक समृद्धिको आधार भएको धारण व्यक्त गर्दे पौडेलले नगरस्तरमा रहेका उद्यम गर्न चाहाने व्यक्तिहरुलाई सिपमुलक तालिम प्रदान गरी समृद्ध र सम्पन्न नगर बनाउने आफ्नो योजना रहेको बताए ।
कार्यक्रममा नीसीखोला गाउँपालीका अध्यक्ष तारानाथ पौडेलले नेपालमा कृषिमा आधारीत धैरै उद्योग व्यवसायहरुको सम्भावना रहेको बताएका थिए । पछाडि पारे पारिएका वर्गहरुको आर्थिक विकास र शशक्तिकरणका लागि गाउँपालीका प्रयासरत रहेको समेत उनले बताएका थिए । सोही क्रममा बोल्दै तमानखोला गाउँपालीकाका अध्यक्ष जोकलाल बुढाले देशमा रहेको युवा शक्तीको विदेश प्रतीको मोहले गर्दा ग्रामीण क्षेत्रमा उद्यमशिलता विकासमा चुनौती रहेको बताए । बुढाले भाषाण र नीति बनाएर मात्र उद्यमशिलता विकास नहुने बताउदै त्यसका लागि चाहीने आधारभुत मापदण्डहरु बनाउनुपर्ने बताएका थिए ।
कार्यक्रमकै क्रममा गल्कोट नगरपालीकाका उपप्रमुख रेनुका काउचाले स्थानीय नीकायको बजेट अनुउत्पादक क्षेत्रमा लगानी गर्नु भन्दा सिपमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताईन । उनले गल्कोट न.पा.का प्रत्यक वडामा उद्यमीहरको क्षमता बढाउने, आर्थिक विकास गर्ने र महिला शशक्तिकरण गर्ने नगरपालीकाको योजना रहेको बताईन । कार्यक्रममा वोल्ने जनप्रतिनीधिहरुले उद्यमशिलता विकासको क्षेत्रमा सिवाईसीसंग सहकार्य गरी अगाडि वढ्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नीसीखोला गा.पा. का उपप्रमुख शोभा कार्की, जैमीनी न.पा. का कार्यपालीका सदस्य रुद्रा के.सी., जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, अन्तरपार्टी महिला सञ्जालका उपाध्यक्ष उषा पौडेल, सिवाईसी साकोसका सञ्चालक सिता सापकोटा लगाएतले आफ्ना भनाईहरु राखेका थिए ।
कार्यक्रममा सहजकर्ता तथा सफल उद्यमी कमला सुवेदीले उद्यमशिलता विकास सम्वन्धमा आफ्ना अनुभव र स–सानो लगानीबाट गर्न सकिने उद्यमहरु लगाएतका विषयमा सहजिकरण गरेकी थिईन । अन्तरकृया कार्यक्रममा उपस्थित उद्यमी सहभागिहरुको तर्फवाट डिलमाया वि.क, भिमकुमारी श्रीस, प्रमिला शर्मा, लक्ष्मी वि.क र विमला मल्लले आफ्नो अनुभव, आवश्यकता र जिज्ञाँसाहरु राखेका थिए । कार्यक्रममा सिवाईसी नेपाल अक्षते शाखा अन्तर्गतका सदस्य सीता थापा र मनु कुँवरले चेतनामुलक गित प्रस्तुत गरेका थिए ।
कार्यक्रम पश्चात जिल्लाको उद्यम प्रवद्र्धन, विकास र प्रचार प्रसार गर्ने उद्देश्यले गितादेवी रेग्मी संयोजक, भिमकुमारी श्रीस सह–संयोजक र प्रमिला शर्मा सचिव रहेको एक उद्यम विकास तथा प्रवद्र्धन उपसमिति गठन गरिएको छ ।
कार्यक्रमको समापन गर्दै सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसीको अवको योजना उद्यमशिलता विकास र प्रवद्र्धन गर्ने रहेको बताएका थिए । उद्यमी बन्नका लागि पैसाको भन्दापनी निरन्तर प्रयास र लगाव चाहीने बताउदै उद्यम गर्न चाहानेहरुको साथ सिवाईसी सधै रहने प्रतिवद्धता व्यक्त गरेका थिए । अहिलको प्रमुख समस्याको रुपमा रहेको परिवार व्यवस्थापनलाई सिवाईसीले यस आ.व.मा वित्तीय साक्षरता मार्फत परिवार व्यवस्थापनको अभियान सञ्चालन गर्ने समेत पौडेलले बताएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सिवाईसी साकोसका उपाध्यक्ष गितादेवी रेग्मीको स्वागत र प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।