रबिना बोहरा, बागलुङ, २०७५ साउन २ । हिजो देखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिका–८ नाङ्ग्लीबाङमा एक जनाको मृत्यु भएको छ । पहिरो जाँदा घर पुरिएर नाङ्लिबाङका १७ बर्षिय बिकास परियारको मृत्यु भएको हो ।
राति एक बजे एक्कासी पहिरो गएको स्थानीयबासीले बताएका छन् । पहिरोले ८ घर पुरेको छ भने १० वटा घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष हरिबिकास जिसीले जानकारी दिए । मालढुंगा–बेनी खण्डका बिभिन्न स्थानमा पहिरो जाँदा सडक पुर्ण रुपमा अवरुद्ध भएकाले प्रहरी घटना स्थलमा पुग्न नसकेको बताइएको छ । नेपाली सेना, प्रहरीको सहयोगमा पहिरोले अवरुद्ध सडकलाई खोल्न लागेको वडा अध्यक्ष जिसीले जानकारी दिए ।
यस्तै जलजला गाउँपालिका–७ धाईरिङको तल्लो खण्डमा पहिरोले हिमलाल आचार्यको घर पुरिएको छ । पहिरो जाने समयमा भाग्न खोज्दा घरधनी आचार्य, उनकी श्रीमती र भान्जी घाइते भएका छन् । आचार्यको मेरुदण्ड भाँचिएको बताइएको छ । बाटो अबरुद्ध भएपछि घाइतेको उपचारका लागि अस्पताल पु¥याउन कठिन भएको स्थानीयबासीले बताएका छन् । घाइतेलाई बोक्नका लागि स्ट्रेचर समेत नहुँदा झनै समस्या भएको छ ।
लस्ती खोलामा आएको बाढीले खेतीयोग्य जमिन समेत भाँसिएको छ भने लस्ती बजारमा समेत बाढी पसेको बताइएको छ ।
पहिरोमा परी जलजलामा एक युवकको मृत्यु, केहि घाईते :सडक अबरुद्ध हुँदा उद्धारमा समस्या !
२०७५ श्रावण २, बुधबार ०७:५१
Home Slider, Top News, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०