Sorry, that menu does not exist.
 

राजमोव्दारा बुर्तिवाङका वाढी/पहिरो पीडितलाई राहत वितरण !
जनताको दु:खेको घाउमा मल्हम लगाउन कार्यकर्ताको छाक काटेर सहयोग गरेका हौँ : ढुँगाना

लोकेन्द्र निरासी , बुर्तिबाङ २०७५ साउन ३ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङले गत मंगलबार रातीि अविरल बर्षासंगै आएको बाढी तथा पहिरोका कारण ढोरपाटन नगरपालिका १ र २ का पीडित परिवारलाई आजएक कार्यक्रमको आयोजना गरि राहत वितरण गरेको छ ।

राहत वितरण कार्यक्रमका प्रमुख अतिथि, जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुँगानाले, राष्ट्रिय जनमोर्चा जनताको दुखमा साथ दिने पार्टी भएकाले वास्तविक दर्दमा मलम पट्टी लगाउन आफ्ना पार्टी कार्यकर्ताको छाक काटेर सहयोग स्वरुप सान्त्वना दिलाउन आएको बताए । पार्टीसँग धेरै वजेट पनि नहुने तर पीडामा सहयोग गर्न तत्पर रहन सक्नु पर्ने भन्दै संयोजक ढुँगानाले यस्ता सहयोग तथा राहतमा सरकारको ध्यानाकर्षण गर्न समेत यो कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यसैबीच कार्यक्रमका राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर बहादुर थापाले, जनताको साथ सहयोग र विश्वाससँग राष्ट्रिय जनमोर्चाको अटूट सम्बन्ध रहेकाले उक्त सम्बन्धलाई अझ प्रगाढ बनाउन जहाँ जनताले दुख पाउँछन्, पीडामा हुन्छन्, अफ्ठेरोमा पर्छन त्यहाँ राष्ट्रिय जनमोर्चा पुग्ने बताए ।

ढोरपाटन नगरपालिकामा वाढी तथा पहिरोले क्षति पु¥यायो भन्ने खबर पाएसँगै जिल्ला समितिको आकस्मिक बैठक बसी यहाँका पीडित जनताको दुख बुझ्न र सामान्य भन्दा सामान्य सहयोगले संबोधन गर्न आफूहरु आएको अध्यक्ष थापाको भनाई थियो ।

कार्यक्रमका बोल्दै अध्यक्ष थापाले, प्राकृतिक प्रकोप (बाढी पहिरो) बाट पीडितलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन र विस्थापित परिवारको बसोवासको उचित व्यवस्था अविलम्ब मिलाउन आफ्नो पार्टीले सरकारसँग जोडदार माग गर्ने बताए । साथै बर्षा याममा जिल्लाका अन्य भूभागमा पनि यस्ता घटनाबाट धनजनको क्षती हुन सक्ने सम्भावनालाई मध्येनजर गरी सजगता अपनाउन समेत सबैलाई अनुरोध गरे ।

राष्ट्रिय जनमोर्चा बागलुङले यहाँका वाढी तथा पहिरो पीडितहरुलाइृ १ लाख २१ हजार रुपैयाँ वितरण गरेको छ । जस मध्ये ८ जना पूर्ण क्षेति भएकाहरुलाई प्रति घर धुरी ५ हजारका दरले ४० हजार तथा अन्य क्षति भएका २७ जनालाई प्रति घरधुरी ३ हजारका दरले, ८१ हजार रुपैयाँ वितरण गरिएको छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सदस्य दुर्गादेवी घर्तीको अध्यक्षता रहेको राहत वितरण कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला समिति सदस्य गौरीश्वर पाण्डे, ढोरपाटन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष युवराज महत, वडा नं. ७ का वडा अध्यक्ष दीपक थापा लगायत नगरपालिका स्तरका पार्टी कार्यकर्ता एवं पीडितहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नरहरी भुसालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply