कमल पौडेल, बागलुङ (खर्वाङ) २०७५ साउन ५ । गए राति परेको अविरल वर्षा र माथिबाट आएको खोल्साको भल तथा त्यसले कटान गरेको क्षेत्रले बडीगाड गाउँपालिका वडा नं. २ राक्से तथा काँडेरुखका १२ घर जोखिममा परेका छन् भने २ घर परिवार विस्थापित भएको छन् । काँडेरुख की सीता वन र राक्सेका अम्मर वहादुर वि.क.को परिवार विस्थापित भएको हो।
त्यस्तै ढालेन्द्र वन, गोविन्द अधिकारी, दुर्गा अर्याल, प्रेम थापा, जुना विक, वीर वहादुर घर्ती, युवनाथ घिमिरे, तेज वहादुर थापा, गोकुल गिरि र रगुनन्द गिरीको घर जोखिममा परेको छ । रिठे खोला, ओदर्दी खोला र राक्से खोलामा एकैचोटी भल आउँदा सो क्षति भएको हो।
त्यस्तै सो खोलामा आएको भल र पहिरोले मध्यपहाडी लोकमार्ग रातभर अवरुद्ध भएको थियो भने विहान वडा नं. २ का अध्यक्ष हिमा खरेल, खर्वाङ प्रहरी तथा स्थानियको सहयोगमा डोजर लगाएर लोकमार्ग भरखर खुलाइएको छ।
जोखिम युक्त वस्तीको भल तर्काउन जेसिविको प्रयोग गरेर प्रयास गरिने वडा अध्यक्ष खरेलले जानकारी दिएकी छिन । त्यस्तै सोहि भलले रिठेखोला तथा ओदर्दी खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको छ। खानेपानी अवरुद्ध हुँदा स्थानिय २५ घर परिवार खानेपानीवाट वन्चित भएका छन्। रात भर स्थानिय जाग्राम वसेर भल तर्काउँदै जोगाएका केहि घर फेरी पानी पर्यो भने के होला भन्ने चिन्तामा स्थानियहरु रहेका छन्।
विस्थापित परिवार छिमेकिकोमा शरण लिएर वसिरहेका छन्। ज्याङ्ना सक्न्यार, दगा हुँदै म्याग्दी जोड्ने भनिएको सडक, जिमि दगा सडक तथा सक्न्यार दनिया रिङरोड खन्दा खोल्सामा जम्मा भएको माटो, ढुंगा सहित भल खस्दा सो क्षति भएको हो। जिल्लाको पूर्वि दक्षिण तथा पश्चिम क्षेत्रमा निरन्तर वर्षा भएपनि मध्य भागमा खासै पानी परेको थिएन । गए राति केहिवेर परेको पानीले समेत क्षती पुगेपछि स्थानिय झनै त्रसित भएका छन्। निरन्तर वर्षा भइरह्यो भने थप जोखिम वढ्ने निश्चीत देखिएको छ।
रातभरको अबिरल वर्षाले बडीगाड-२ राक्सेका १२ घर जोखिममा, २ घर विस्थापित !
२०७५ श्रावण ५, शनिबार ०९:३३
Home Slider, Top News, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०