Sorry, that menu does not exist.
 

बुर्तिबाङका पहिरो पीडितहरुलाई रेडक्रसव्दारा बन्दोबस्तीका सामान हस्तान्तरण !

छविलाल पाण्डे, बुर्तिबाङ २०७५ साउन ५ । गत साउन १ गते रातिको भेल पहिरोमा धनमालको क्षति भएका पिडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी उपसाखा बुर्तिबाङद्धारा शनीबार राहत हस्तान्तरण गरिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आयोजित कार्यक्रमका अबसरमा रेडक्रस उपशाखा बुर्तिबाङका सभापति मेषलाल शर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका अबसरमा बढी धनमाल र घरको क्षेति भएका मध्ये छनौट गरी ६ घरपरिवारलाई राहत उपलब्ध गराईएको हो ।

राहत वितरण अन्तर्गत एकएक थान बाल्टिन, थाल, बाँटा लगाएतका आवस्यकीय सामाग्र्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका १ का अध्यक्ष चित्र भण्डारी, प्रहरी निरीक्षक ओमप्रकाश यादब ,गण्डकी थापा अधिकारी, दिपक अदै, नेपाली कांग्रेस ढोरपाटन नगर सभापती शालिकराम शर्मा, मायाँ केसी लगाएतको उपस्थिति रहेको थियो ।

राहत पाउने परिवारमा ढोरपाटन नगरपालिका १ का सुमन पौवी, लिलाधर अर्याल, पुर्ण बहादुर गुरुङ, खिम कुमारी पौडेल , वडा नं २ का लिला बहादुर पुन, अमर बहादुर क्षेतिलाई घरायसी प्रयोजनका सामान उपलब्ध गराईएको रेडक्रस उपशाखा बुर्तिबाङका सभापति मेषलाल शर्माले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply