थम्मन थापा गल्कोट २०७५ साउन ५ । वि.सं २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवार गल्कोट नगरपालिका ७ मल्म बागलुङको अन्तरकृया कार्यक्रम शनिबार सम्पन्न भएको छ । अन्तरकृयाले वडा सरकार र स्थानिय कल्वको समन्वयमा वडा नं ७ भित्रका सार्वजनिक स्थलहरु, खोलानालामा फोहोर फाल्न रोक लगाउने निर्णय गरेको छ ।
फोहोरजन्य वस्तु, प्लाष्टिक र सिसाहरु फालेमा व्यक्ति, पसल र घरहरुलाई पहिलोपटक रु १ हजार र दोस्रोपटक रु ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । त्यस्तै असार ११ गते राती परेको अविरल वर्षाले क्षति पुराएको संस्थाको खेलमैदान परिसर, विभिन्न खानेपानी योजनाको क्षतिग्रस्त पाईप, ईनटेक मर्मतको लागि प्रदेश सरकार सॅग आवश्यक बजेट तथा सामाग्री माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै हुलुवा खोलामा आवश्यक तटबन्धको लागि सम्बन्धित निकायमा तारजाली, ग्याबिनको माग गरि काम अगाडी बढाउने लगायतका निर्णय गरिएको छ । अन्तरकृयामा कार्य समितिका पदाधिकारीहरु, सल्लाहकार, समाजसेवीहरुको उपस्थिति रहेको थियो । अन्तरकृया कार्यक्रम घुम्टे युवा परिवार गलकोट मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षतामा सम्पन्न भएको थियो ।
ल्